प्राविधिक शिक्षामा जोड

‘औपचारिक शिक्षा मात्रै हैन सिप सहितको शिक्षा आजको आवश्यकता ’ ओली(भिडियो सहित)

 

दमक/
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले अवको यूग प्राविधिक यूग रहेको बताउनु भएको छ ।

झापाको दमकमा दमक बहुप्राविधिक शिक्षालायको सिलान्यास गर्दै उहाँले सिप सहितको शिक्षामा अव सबैले काम गर्नपर्नेमा जोड दिनु भयो । ‘पढ्नैकालागि मात्र मास्टर डिग्री गर्नु भन्दा पनि गर्नकालागि सिप सहितको शिक्षा आजको आवश्यकता हो ।’

ओलीले सिलान्यास गरेपछिको सुभकामना मन्तव्यका क्रममा बताउनु भयो । ‘सिटिइभिटिले सिपमा आधारित जनशक्ति उत्पादन गरिरहेको र यहाँबाट उत्पादन भएका विद्यार्थीहरु कि रोजगारमा लागेका छन् कि आफै स्वराजोगार भएका छन् औपचारिक शिक्षा जस्तो मास्टर डिग्री गरेको सर्टिपिकेट सिरानीमा राखेर कोहि बसेका छैनन् ।’ अध्यक्ष ओलीले अवका हरेक शिक्षालयहरुले यस्ता सिपयूक्त शिक्षामा जोड दिदै आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्न सुझाव दिनु भयो ।

१८ कोठाको तीन तले भवनको सिलान्यास

दमक स्थित वडा नं ४ मा ४ वटा प्राविधिक विषयमा पढाउनकालागि शिक्षालयले अनुमती लिएको छ । सो शिक्षालयमा सिभिल इन्जिनियर, अटो मोवाईल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउँन सिटिइभिटि सानोठिमीबाट स्विकृत भइसकेको प्राचार्य ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

एक विषयमा ४८ जनाको कोटा रहेको र हरेक वर्ष १ सय ९२ जना विषयगत प्राविधिक उत्पदन हुने शिक्षालयले जनाएको छ ।
४ करोड ६४ लाख रुपैँयामा निर्माण सम्झौता भएको यो शिक्षालयको भवन काठमाडौको जेभि भाईवा निर्माण कम्पनीले बनाउने ठेक्का लिएको छ ।

निर्माण कम्पनीले भवनको संरचना यहि असार मसान्त सम्ममा बनाइसक्नु पर्ने सम्झौतामा उल्लेख छ । ३ तले भवनमा १८ वटा कोठा हुने छन् । हरेक कोठामा ४८ जना विद्यार्थीको क्षमता रहने शिक्षालयले जनाएको छ ।

शिक्षालयको सिलान्यास पछि केपि ओलीले प्राविधिक शिक्षाका बारेमा बोलेको भनाईको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल