किरियापुत्रीको कर्ममा सहजता हुने

बढ्दो शहरीकरणले १३ दिने पुण्य कर्म गर्नै सकस , दमकमा किरियापुत्री बस्ने घर बनाइने (भिडियोमा हेरौ)

 

दमक/
दमकमा पछिल्लो समय बस्तिहरु बढ्न थालेका छन् । जसका कारण सार्वजनिक जमिनको अभाव हुन थालेको छ भने थोरै जमिनमा घर तथा आवास बनाएर बस्नु पर्ने बाध्यता छ । हरेक दिन यहाँ जमिनको मुल्य बृद्धि भइरहेको छ । जमिन किनेर घर बनाएर बस्न चुनौती बढ्दै गएको छ । अर्कोतर्फ दमक एक व्यापारिक केन्द्रका रुपमा पनि विकास भइरहेको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि नयाँ संरचना बढ्न थालेपछि पढ्न र उपचार गराउनैकालागि पनि दमक एक पायक ठाउँको रुपमा विकास हुँदै छ । यहाँ रहेको जनसंख्याको महत्वपूणर् हिस्सा डेरामा बस्नेहरुको छ । कसैको घरमा केहि कोठा वा तला अर्थात फ्लाईटनै भाडामा लिएर बस्नेको संख्या उल्लेख्य छ ।

यसरी बस्नेहरु दमकका कि व्यापार गर्नेहरु छन् , कि अध्ययन गर्नेहरु छन् वा त कुनै कार्यालय, सघं सस्था तथा निकायमा काम गर्नेहरु छन् । वा मजदुरी गरेर डेरामा बस्नेहरुको संख्या पनि उल्लेख्य छ । यस्तो अवस्थामा अरुबेला आफ्ना दैनिकिहरु सामान्यतरिकाले सञ्चालन भएपनि डेरामा बस्दा बस्दै कसैको मृत्यू भयो , वा सानो घर छ छेउमा खाली जमिन पनि छैन भने कहाँ र कसरी गर्ने मृत्यू सस्कार ? यो समस्या अहिले दमकमा गम्भिर रुपमा देखिन थालेको दमकका धार्मिक अगुवा कृष्ण प्रसाद मिश्रले बताउनु भयो ।

यही समस्यालाई मध्यनजर गरेर दमक नगरपालिका वडा नं ५ मा किरायापुत्री बस्ने घर निर्माण गरिने भएको छ । यहाँको हरिओम कोलेनी स्थित दिपिनी खोलाको डीलकै पश्चिम किनारमा रहेको लक्ष्मी नारायण मन्दिर छ । यो मन्दिरमा अहिले पुराणको आयोजना गरिएको छ । यहि मन्दिरको उत्तर तर्फ २४ धुर खाली जमिन छ ।

यहि जमिनमा किरायापुत्री घर बनाउने यो मन्दिरका व्यवस्थापन समितीले योजना बनाएका छन् । यहि योजनाको थालनी गर्नकालागि ७ धुर जमिन खरिद गर्न जग्गा धनिलाई बैना पनि गरिसकिएको छ । घर नहुने, घर भएपनि खाली जमिनको अभावले मृत्यू भएपछिको सस्कार गर्न समस्या हुनेहरुकालागि किरियापुत्री घर बनाउन लागिएको लक्ष्मीनारायण मन्दिरमा आयोजना गरिएको पुराणको मुल आयोजक समिती संयोजक नेत्र बहादुर घिमिरेको भनाई छ ।

दमकमा अहिले डेरा गरेर बस्नेहरुमा मृत्यूको तेह्र दिने सस्कार गर्न समस्या देखिन थालीसकेको छ । केहि वर्षपछि जमिनको खण्डीकरण र महगीका कारण घरहुनेले पनि आफ्नै घरमा यो कर्म गर्न चुनौती मोल्नुपर्ने दृष्टान्त आँखैअगाडी छ ।

यो पुण्य कर्मको थालनी भएको देखेर दमकका केहि सामाजीक अगुवाहरुले यसमा सहयोग गर्न पनि थालीसकेका छन् । आफुपछिको नयाँ पीडीले अहिलेको जस्तो अभाव भोग्न नपारोस भनेर सहयोग गर्नेहरु अघी बढिरहेका छन् । दमकका राजनैतिककर्मी नन्दि अधिकारीले यसकालागि भनेर करिव ३ लाख रुपैँया सहयोग गरिसक्नु भएको छ ।

बाक्लो बस्ति, खाली जमिनको कमी , मानीसहरुको बढ्दो व्यवस्तता । अनेकन कारणले पनि मृत्यूको तेह्रदिने सस्कार राम्रो सँग हुन सकिरहेको छैन । यहाँ किरीयापुत्री घर बनेपछि तेह्र दिन सम्मको सबै कर्म गराउने पुरेहित , गरुण पुराण सुनाने पण्डीत, तेह्र दिने काम गराउने अन्य ब्रम्हणहरुका साथमा आवश्यकीय सर सामानको प्रबन्ध सहित यहाँ किरियापुत्री घर बन्ने हो ।

दमककालागि अतीनै आवश्यकीय र पुण्य कर्ममा हरेक क्षेत्रले साथ र सहयोग गर्नुपर्ने यहाँका सामाजीक अगुवाहरुको भनाई छ ।

भिडियोमा हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल