धार्मिक पर्यटकिय क्षेत्रको विकासमा जोड

एघार वर्षदेखी निरन्तर बिभिन्न महा-पुराण, धनेस्वर धामलाई पूर्वको धार्मिक पर्यटकिय क्षेत्र बनाउने लक्ष

दमक/
झापाको दमक ५ स्थित धनेस्वर शिव पाञ्चायन मन्दिरमा यो वर्षपनि पुराण लाग्ने भएको छ । बिगत १० वर्ष देखि विभिन्न महापुराणहरु यहाँ निरन्तर लाग्दै आएको छ ।

यो पटक एघारौ अनुष्ठान अन्तर्गत अर्को नविनतम महापुराण श्रीमद् अग्नि महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितीका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो ।

सात दिन सम्म प्रशिद्ध कथा वाचक पंडित भागवत भुषण उदयराज दाहाल तथा उप वाचक पंडित मनिष पोखरेलको मुखारबृन्दबाट कथा वाचन हुने छ भने चर्चीत भजन गायकहरुद्धारा हरेक दिन र साँझ सङ्गीतमय अग्नि महापुराण आयोजन गर्न लागिएको लुईटेलले बताउनु भयो ।
यही फागुन २ गते कलश यात्रा गरी ८ गतेका दिन सम्म कथा वाचन गरेर महापुराण सम्पन्न गर्ने गरिको तयारी गरिरहिएको छ ।
यसरी प्रत्येक वर्ष विभिन्न प्रकारका पुराण लगाएर धनेस्वर धामलाई दमकको एक प्रमुख धार्मिक पर्यटकिय क्षेत्र बनाउन लागीएको समितीका अध्यक्ष रुद्र कार्कीले बताउनु भयो ।


यहाँ प्रदेशकै सबैभन्दा अग्लो शविजीको प्रतिमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिव ३ महिना भित्रमै यसलाई स्थापीत गराएपछि यस धाम प्रति भक्तजनको आकर्षण अझ बढ्ने अध्यक्ष कार्कीको ठम्याई छ ।

साथै अहिले यहाँ बैगैचा, नागपोखरी निर्माण भइसकेको छ भने सभाहल पनि बनीसकेको छ । सभाहललाई अझै आधुनकि बनाएर यहाँ हुने हरेक धार्मिक कार्यक्रममा सहजता ल्याउने लक्ष मन्दिरले राखेको छ ।

साथै एक पाकघर बनाउनकालागि तत्कालै आवश्यक रहेको उहाँले बताउनु भयो । यस्ता अधुरा संरचना निर्माण गर्न अझै करिव २ करोड रुपैँया खर्च हुने अनुमान समितीको छ । यसकालागी विभिन्न दाताहरुले सहयोग गरिरहनु भएको पनि उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल