झापा/
निकै चर्चाका बिचमा आखीर झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्रको परिवारलाई झापामा ल्याएर कार्यक्रम गर्नु भयो ।
झापाको मेचिनगर स्थित मेचि पुलमा ‘नागरिक बचाउँ’ कार्यक्रमको भव्य आयोजना गरिएको थियो ।
पूर्व सुचना अनुसार यो कार्यक्रममा पूर्व राजा देखी प्रधानमन्त्री सम्म तथा प्रमुख पार्टिका अध्यक्ष एवं सभापति सम्मलाई उपस्थिती गराउने भनिएको थियो । तर राजनैतिक दलका नेता भन्दा पनि यहाँ हिन्दु धर्मका प्रचारक तथा अभियान्ताहरुको विषेश उपस्थिती रहेको थियो ।
निकै बेर सम्म कार्यक्रममा पूर्व राजा आउने वा नआउने भन्ने कुराको अन्यौल भइनै रह्यो । दमकमा बस्नु भएका उहाँ कार्यक्रमको मध्य भागमा आउनु भयो । केहि बेर बस्नु भयो र केहि नबोली फर्कनु भयो ।
पूर्व राजा ज्ञानेन्द्र सहित उहाँकी धर्मपत्नी कोमल शाह र छोरा पारस शाह पनि कार्यक्रममा आउनु भएको थियो ।
पारिवार सहित आउनु भएका शाहले शान्त्तीको प्रतिक भन्दै कार्यक्रमको मञ्चबाटै सेतो परेवा उडाउनु भयो । परेवा उडाएर केहि बेर बसेपछि उहाँ फर्कनु भयो । करिव २५ मिनेट उहाँले आफ्नो समय त्यहाँ बिताउनु भएको थियो ।
कार्यक्रमा दुर्गा प्रसाईले अहिलेको सम-सामयीक आर्थिक संकट, बैक तथा वित्तिय सस्थाले दिएको तनाव लगाएतका बारेमा बोल्नु भएको थियो भने पूर्व मन्त्री केशर बहादुर विस्ट सहित धार्मिक अभियान्ताहरुले नेपाली सस्कार र सस्कृती मासिदै गएकोमा चिन्ता व्यक्त गरेका थीए ।
कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रमका केहि दृश्यहरुलाई यहाँ राखीएको छ ।









