विद्यालय खुल्ने भए

दमकमा असोज पहिलो साताबाट विद्यालय खुल्ने

damak nagarpalika jhapa

 

दमक/
लामो समयदेखी बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ । सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझवा मागिएको थियो । सोहि सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितीले असोज पहिलो साताबाट भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य भएको हो । जसमा कोरोनाबाट बच्ने उपायहरु पूणर्रुपमा पालना गर्नु हुर्ने हुन्छ ।

कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने , मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने , भिभाड र जम्म हुन नदिन आलोपालो पद्धतीद्धारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयकले विद्यार्थीको भौतिक रुपमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताउनु भएको छ । यसको दमक नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उहाँले बताउनु भयो ।

अनुगमन गर्दा न्यूनतम स्वास्थ्य मापदण्ड पुरा नगरेका विद्यालयलाई बन्द गर्न तत्कालै निर्देशन पनि नगरपालिकाले जनाएको छ । कोरोनाको जोखिमको अवस्था हेरेर कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैले पनि निणर्य लिन सक्ने शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन