विद्यालय खुल्ने भए

दमकमा असोज पहिलो साताबाट विद्यालय खुल्ने

 

दमक/
लामो समयदेखी बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ । सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझवा मागिएको थियो । सोहि सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितीले असोज पहिलो साताबाट भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य भएको हो । जसमा कोरोनाबाट बच्ने उपायहरु पूणर्रुपमा पालना गर्नु हुर्ने हुन्छ ।

कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने , मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने , भिभाड र जम्म हुन नदिन आलोपालो पद्धतीद्धारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयकले विद्यार्थीको भौतिक रुपमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताउनु भएको छ । यसको दमक नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उहाँले बताउनु भयो ।

अनुगमन गर्दा न्यूनतम स्वास्थ्य मापदण्ड पुरा नगरेका विद्यालयलाई बन्द गर्न तत्कालै निर्देशन पनि नगरपालिकाले जनाएको छ । कोरोनाको जोखिमको अवस्था हेरेर कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैले पनि निणर्य लिन सक्ने शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु