बालज्ञान बढाउँ

दमकमा बालबालिकाको कला प्रस्फूटन , ५ विधामा बालबाबालिकाको क्षमता प्रस्तुत

 

दमक/

मंगलबार राष्ट्रिय बाल दिवसका अवसरमा दमकमा बालबालिकाको कला प्रस्फोटन गर्ने कार्यक्रममा समापन गरिएको छ । दमक नगरपालिका र दमक नगर बाल सञ्जालको संयूक्त आयोजनामा विभिन्न ५ विधामा बालबालिकाहरुले आ आफ्नो क्षमता प्रस्तुत गरेका थीए ।

‘सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मनाइएको बाल दिवसको समापन कार्यक्रममा बाल चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफ, कथा र कविता प्रतियोगिताहरु समेटीएको बाल कला उत्सव सञ्चालन गरिएको थियो ।

कोभिड १९ को महामारीलाई ध्यानमा राखी कार्यक्रमको प्रतियोगितालाई अनलाइन र भौतिक उपस्थितिमा गर्ने गरि दुई चरणमा बाढिएको थियो ।


भाद्र १२ गुगल फारम सार्वजनिक गरी सहभागीता आह्वान गरिएको थियो । सहभागीले उक्त फारम भरी आफ्नो सहभागीता सुनिश्चित गर्नु पर्दथ्यो र आफ्नो कलाको भिडियो तथा फोटो खिचि भाद्र २२ सम्म पठाउनु पर्ने थियो, उक्त पहिलो चरणबाट सबै विधामा गरी करिब १४५ जनाको नगर बाल सञ्जालका सचिव राम खतिवडाले जानकारी दिनुभयो ।


अनलाइनमा आएका प्रतियोगिीबाट दोस्रो चरणका लागि निश्चित प्र्रतियोगी छनोट गरी भौतिक उपस्थितिमा भाद्र २५ गते कथा र कविता, भाद्र २६ गते वक्तृत्वकला र चित्रकला र भाद्र २७ गते हाजिरीजवाफ प्रतियोगिता सञ्चालन भएको थियो ।

मंगलबार प्रतियोगिताको दोस्रो चरणमा सहभागी हुने बालबालिका तथा प्रथम, द्वितिय र तृतिय तथा सान्तवना स्थान प्राप्त गर्न सफल बालबालिकालाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

उपप्रमुख गीता अधिकारीले नगर बाल सञ्जालका पदाधिकारीले फरक तरिकाले कार्यक्रम मनाउने तरिकाले ल्याएको स्विकार गरेर काम काम गरिएको बताउनु भयो । उहाँले दमक नगरपालिका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको र सिफ्ट वा अन्य माध्यमबाट कक्षा सञ्चालन गराउने गरि तयारी गर्दै गरिएको समेत जानकारी गराउनु भयो ।


उपसचिव तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेशकुमार न्यौपानेले बालबालिकामा अन्तरनिहित प्रतिभालाई अगाडि बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसमा अभिभावकले हौसाल दिने र विद्यालयले त्यसलाई नियमित रुपमा अगाडि बढाउनु पर्ने उहाँको भनाई थियो ।

वक्तृतवकला प्रतियोगितामा साईमोन र मनीला पहिलो
आधारभुत र माध्यमिक दुई तहमा सञ्चालित वक्तृतवकला प्रतियोगिताको निणर्ायकमा शंखर चापागाईँ (धनकुटे कान्छा) र मच्छिन्द्र याख्खा हुनुहुन्थ्यो । आधारभुत तहमा प्रथम, द्वितिय, तृतिय र सान्वना स्थान क्रमशः साइमोना कोइराला, केनिशा सुवेदि, सुरुचि चौधरी र साइमिका कोइरालाले प्राप्त गरै त्यस्तै माध्यमिक तहमा क्रमशः मनिला सेडाईँ, दिक्षा वाग्ले, वर्षात सिटौला र राम कु. क्षेत्रीले प्रथम, द्वितिय, तृतिय र सान्वना स्थान हासिल गरे ।

चित्रकला प्रतियोगितामा आकाशदिप र विपना पहिलो

आधारभुत र माध्यमिक दुई तहमा सञ्चालित चित्रकला प्रतियोगिताको निणर्ायकमा अभिषेक दास र गोपाल निरौला हुनुहुन्थ्यो । आधारभुत तहमा प्रथम, द्वितिय र तृतिय स्थान क्रमशः विपना पाल, बुद्धश्री बमजन र प्रज्वल घिमिरेले प्राप्त गरै त्यस्तै माध्यमिक तहमा क्रमशः आकाशदिप श्रेष्ठ, समिर कार्की र विनय लुईटेलले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे ।

कविता प्रतियोगितामा प्रिपेश पहिलो

खुल्ला अर्थात दमकका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि सञ्चालन गरिएको कविता प्रतियोगिताको निणर्ायकमा शिव रेग्मी र विन्दु दाहाल हुनुहुन्थ्यो । प्रतियोगितामा क्रमशः प्रिपेश श्रेष्ठ, प्रिन्सिका भट्टराई र रिया आचार्यले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे ।
कथा प्रतियोगितामा सन्ध्या पहिलो

दमकका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि खुल्ला रुपमा सञ्चालन गरिएको कथा प्रतियोगिताको निणर्ायकमा धनन्जय वाँस्कोटा र बाला भट्टराई हुनुहुन्थ्यो । प्रतियोगितामा क्रमशः सन्ध्या शर्मा, रोश्ना श्रेष्ठ र स्वेशा दुलालले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे ।

हाजिरीजवाफ प्रतियोगिता पनि साईमन खड्का पहिलो

दमक भित्रका १८ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेगरि खुल्ला रुपमा सञ्चालन गरिएको कथा प्रतियोगिता सुरुमा अनलाइन जुममा जोइन भएर गुगल फारम मार्फत र पुनः भौतिक उपस्थितिमा प्रतियोगिता गराइएको थियो जसमा क्रमशः साईमन खड्का, अशिमबाबु श्रेष्ठ र स्मारिका कोइरालाले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै