दमक/
नेपालमै पहिलो पटक सबैभन्दा धेरै पुरस्कार राषी भएको गायन र नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल सहित विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराएर हुन आटेको यो प्रतियोगीता नेपालमा पहिलो हो ।
यसका बिजेताले नगद १ करोड , उप बिजेताले नगद ३० लाख र तृतिय हुनेले २० लाख नगद प्राप्त गर्ने छन् ।
यसकालागि अहिले सम्म अमेरिका, क्यानाडा , यूरोपको बेल्जियम र यूएइमा अडिसन सम्पन्न भइसकेको छ भने भारतको सिलगुडि, थाइल्याण्ड र अष्ट्रेलियामा अडीसन हुँन बाँकी छ । भारतमा आगामी मार्च महिनाको १४ र १५ तारिखको अडिसन तोकिएको छ ।
नेपालका पनि विभिन्न स्थानमा असिडन चलिरहेको छ भने प्रदेश १ को झापाको दमकमा अडिसन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । नेपालबाट अमेरिकामा गएका नेपालीहरुले स्थापना गरेको सस्था इन्ट्रा फाउण्डेसशनले आयोजना गरेको यो प्रतियोगिताको प्रदेश १ स्तरिय अडीसन दमकमा यहि फागुन २० र २१ गते हुँदै छ । दमकको सरस्वती माद्यमिक विद्यालय इटाभट्टमा हुने अडिसनमा सहभागी हुन चाहनेलाई कुनैपनि शुल्क तोकिएको छैन ।
सबै अडिसनबाट छनौट गरि १ सय २० जनालाई अन्तिम चरणमा लगिने छ । काठमाडौमा हुने अन्तिम चरणको प्रतियोगीतामा थप १२ सम्म निणर्ायकहरुको निणर्यले प्रतियोगी छनौट हुने छन् । त्यसपछि भने एस एम एस तथा एप्लिकेशसन मार्फत जनताको मत मार्फत पनि प्रतियोगी छानीने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
साथै यही प्रतियोगीता भित्र अर्को प्रतिभालाई पनि समावेश गराइने समेत जानकारी गराइयो । नेपालको सस्कृती झल्कने सामुहिक नृत्यलाई पनि यहाँ अर्कोे प्रतियोगीताको रुपमा समावेश गराइने जनाइएको छ । यसको बिजेताले भने नगद २० लाख, उपबिजेताले १५ लाख र तृतिय हुने समुहले ५ लाख प्राप्त गर्ने छ । यसकालागि कम्तिमा ४ जना सहभागी समुह प्रतियोगीतामा सहभागी हुन पाउने प्रावधान बनाइएको छ ।
यो प्रतियोगीता सम्पन्न गर्नकालागि कुनै पनि प्रायोजक खोजीएको छैन । सबै खर्च आयोजक सस्था र यसमा आवद्ध भएका सदस्यहरुबाटनै संकलन गरिने पत्रकार सम्मेलनका क्रममा बताइयो । पुरस्कारकै लागि ३ करोड ४० लाख खर्च हुने प्रतियोगीतामा कति खर्च हुन्छ भन्ने अनुमान आयोजकले गरिसकेको छैन ।
विषेश गरि विदेशमा बस्ने नेपालीहरुले नेपालको सस्कृती , कला र सस्कार भुल्न थालेको भन्दै त्यसको प्रर्वधन र सम्र्वधन गर्न इन्ट्राले यस प्रकारका कार्यक्रम गर्दै आएको छ ।
भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस ।-









