शिक्षामा सुधारको संकेत

सुध्रदै सामुदायीक विद्यालय, विप्पन्न विद्यार्थीमा लगानी बढाउँन सुझाव (दुई भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक ५ मा रहेको दिपीनि आधारभूत विद्यालय । कुनै बेला धुलै धुलामा बसेर पढ्न बाध्य विद्यार्थीहरुकालागि अहिले भने भव्य भवन बनेको छ । चारैतीर कम्पाउण्ड वाल र सुरक्षीत प्रवेशद्धार बनाइएकोले अनावश्यक व्यक्तिहरुको प्रवेशमा रोक भएको छ ।

यहाँ वडा सरकार आउनु यो विद्यालयमा साँझको समयमा लागु पदार्थ सेवन गर्नेहरुको अखडानै हुने गरेको थियो । तर अहिले यी सबै काम रोकिएको । विद्यालयमा निकै सुधार भएको छ । नयाँ भवनहरु बनेका छन् ।

पक्की दुई तले भवन बनेको छ । खानेपानीकालागि विद्यालय हाता भित्र ठाउँ ठाउँमा धाराहरुको प्रबन्ध गरिएको छ । सुन्दर बगैचा निर्माण भइरहेको छ । रुखका फेदमा बस्नकालागी पक्की फलैचा बनेका छन् ।

कार्यक्रम गर्न कुनै मञ्च नभएको यो विद्यालयमा अहिले आँगनको उत्तर तर्फको भागमा मञ्च पनि खडा गरिएको छ ।
कक्षाकोठाहरुमा पर्याप्त ब्रेञ्चहरु छन् । पंखा झुण्डाइएको छ । गर्मीका कारण अव पसिना पुछ्दै बस्नु पर्दैन ।

बाल कक्षालाई सुधार गरिएको छ । दुईवटा बाल कक्षा रहेका छन् । दुवैमा विभिन्न प्रकारका शैक्षिक सामाग्रीहरु उपलब्ध भएका छन् । विद्यार्थीहरु त्यहि सामाग्रीमा खेल्दै सिक्दै गर्छन । यती मात्र नभएर बाल कक्षाका विद्यार्थीहरुलागि खेल्ने सामाग्रीहरुको पनि प्रबन्ध गरिएको छ । विद्यार्थीहरुलाई बेला बेलामा यी सामाग्री मा खेलाइन्छ । साथी साथी मिल्दै , कुराकानी गर्दै खेल्ने बानिको विकासले बालबालिकाको वाक कला बृद्धि हुने र सामाजिकीकरण हुनमा मद्यत पुग्ने विस्वास गरिएको छ ।

वडाको एक मात्रै सामुदायीक विद्यालयको सुधारकालागि वडा सरकार विद्यालय अगाडीनै आएर बसेपछि केहि सुधारका कामहरु भएका हुन । यसको भिडियो यहाँ राखीएको छ

साथै यहाँको शैक्षि सुधार र अभिभावकका गुनासाहरुलाई समेटेर तयार पारिएको जनतासँग जनप्रतिनिधी कार्यक्रमको भिडियो लिङक यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा