विद्यालय र अस्पतालमा मापसे परीक्षण गरिने

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगीहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परीक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो ।  

मङ्गलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परीक्षण गर्ने मेसिन खरिद गर्ने निर्णय गरेको हो । नगरपालिकाले ७ वटा मेसिन खरिद गरेर नगरभित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । 

“केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । विद्यालयका प्रधानाध्यापकले वार्षिक परिक्षाको प्रश्नपत्र नै मापसे गरेर सिरानी लगाएर सुत्ने, स्वास्थ चौकीमा केही स्वास्थ्यकर्मी पनि मापसे गरेर आउने, अझ वडा कार्यालयमा समेत सहयोगी कर्मचारीहरु मापसे गरेर कार्यालय नै नियमित नआउने गरेको गुनासो आएपछि हामीले अब मापसे परीक्षण गर्ने निर्णय गरेका छौँ,” मेयर राईले भन्नुभयो । 

यस्तै, सार्वजनिक ठाउँहरुमा प्रायः मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेसिन खरिद गर्न लागिएको उहाँको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परीक्षण गर्नेछ ।  मापसे गरेको पाइएमा आवश्यक कारवाही अघि बढाइने मेयर राईले बताउनुभयो ।

नगरपालिकाले मेसिन खरिद गरेपछि मापसे परीक्षणका लागि प्रहरीले मुख सुँघ्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।  

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी