शिक्षकको संघर्ष कथा

यी व्यक्ति जसले पहिलो प्रयासमै शिक्षक सेवामा नाम निकाल्न सफल भए (भिडियो कथा)

दमक/
इलामको चुलाचुली गाउँपालिकाका पदम ढकाल सामान्य परिवारमा जन्मेर हुर्कनु भएको हो र्। सरकारी सेवामा प्रवेश गरेर उहाँलाई देशमै केहि गर्ने सोच आयो । त्यहि सोच अनुसार उहाँले शिक्षक सेवाको तालिम लिनु भयो ।

दमक स्थित सि एस सि आई एजुकेशन फाण्डेशनमा उहाँले तालिम लिनु भयो । त्यसपछि सरकारले शिक्षक सेवा आयोगको मावि तर्फको परिक्षा खुलायो । आफुले रोजेको र सपनाको पेषामा सरकारले परिक्षा खुलाएपछि उहाँले फारम भर्नु भयो ।

त्यसपछि झन धेरै मिहनत गर्नु भयो । अन्तःत उहाँले कोशी प्रदेश कै उत्कृष्ट ंअंक ल्याएर उहाँले नाम निकाल्नु भयो र अहिले उहाँ मोरङको दुलारीमा रहेको सजीलाल माविमा दरबन्दी लिएर पढाइरहनु भएको छ । अग्रेजी विषयमा कोशी प्रदेशकै पहिलो नम्बरमा नाम निकाल्दाका संघर्षका कथा उहाँले यसरी सुनाउनु भयो ।

उहाँको नाम चाहि बिनिता नुगो लिम्बु हो । उहाँलाई लोक सेवा तथा शिक्षक सेवामा जती पढेपनि नाम निकाल्न सकिन्छ जस्तो लागेकै थीएन । तर उहाँले पहिलो पटकमै नाम निकाल्नु भयो । उहाँलाई पढ्यो र मिहनत गर्यो भने सफलता मिल्ने रहेछ भन्ने लागेर आफ्ना खुसीका कुरा साट्नु हुन्छ ।

पूर्वि नेपालको हिमाली जिल्ला ताप्लेजुङबाट शिक्षक सेवा आयोगले लिएको परिक्षामा जिल्लाकै तेस्रो नम्बरमा नाम निकाल्नु भएको हो गुणराज पौडेलले । पढ्न भनेपछि उहाँलाई मनै लाग्दैन थियो । १० देखी १५ मिनेट पढ्यो भने उहाँको ध्यान अन्तै जाने गर्दथ्यो । तर अहिले उहाँलाई दिन भरी पढम भन्दा पनि केहि हुँदैन । पढ्न सक्नु हुन्छ । पढेका कुरालाई कसरी दिमागमा नबिर्सने गरि सम्झीरहने भन्ने तरिका पनि उहाँले सिक्नु भएको छ र आफुले सिकेका कुरा उहाँ यसरी अरुलाई सुनाउनु पनि हुन्छ ।

पहिलो पटक परिक्षा दिने बित्तिकै प्राप्त हुने सफलता निकै कमलाई मात्रै मिल्छ । तर यो सफलता झापाको दमकमा रहेको सि एस सि आई एजुकेशन फाण्डेशनमा पढ्ने नौ जना प्रशिक्षार्थीहरुले प्राप्त गर्नु भयो । यसमा यहाँ सिकाउने प्रशिक्षकको प्रशिक्षणका साथै आफ्नै मिहनत प्रमुख रहेको प्रशिक्षक बालकृष्ण कोईरालाको भनाई छ ।

 

देशमा केहि गर्नु पर्छ भन्ने यूवाहरुको मनोभावना घट्दो छ । जो पनि विदेश जाने मात्रै सपना देख्छन् । तर देशमै बसेर देश बनाउने हुटहुटी भएकाहरुलाई सिप र ज्ञान दिदै नेपालमै काम गरौ भन्ने सन्देश दिन यस सि एस सि आईले यस्ता सिपमुलक प्रशिक्षण गराउने गरेको प्रिन्सिपल राजु गौतमले बताउनु भयो ।

सि एस सि आई दमकले शिक्षक सेवाजस्तै लोक सेवाका कक्षाहरु पनि सञ्चालन गरिरहेको छ । साथै अन्य कम्प्यूटरका कक्षाहरु समेत सञ्चालन गरेर प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्याइरहेको छ ।
भिडियो कथा हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल