एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ

 

४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्।

एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।

यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने  कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ। टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ।

उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन्। नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन्। खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन्। त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन्।

प्रहरीका अनुसार मोरङमा मात्रै  चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अधिकांश परीक्षार्थी धरान र बेलबारीका छन्। धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए।

अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी