देवकोटा जयन्ती

महाकवि देवकोटाले अन्तराष्ट्रिय पुरस्कार नपाएकोमा दुखित श्रष्टाहरु

laxmi

 

दमक/
झापा दमकका बाल कलाकार रियाज रिजालले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता बाचन गर्दा दमकमा आयोजीत एक कार्यक्रममा सन्नटा छायो । यस्ता बाल बालिका सम्मको मनसपटलमा महाकवि लक्ष्मी प्रसाद देवकोटाका रचना बसेका छन् । अहिले पनि त्यस बेलाका सिर्जना कालजायी छन् । उहाँले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको तत्कालीन सरकारले सम्मान गर्न नसकेको कवि तथा लेखिका मिश्र बैजन्ती बताउनु हुन्छ । उहाँले त्यसबेला सरकारले नगरे पनि उहाँको मृत्यूपछि आम नागरिकले दिएको सम्मान चाहि सम्झन लायक रहेको उहाँले बताउनु भयो । सबैको मन मुटुमा बस्न सफल हुनु भएका देवकोटाले राष्ट्रिय स्तरका धेरै पुरस्कार प्राप्त गर्नु भएको छ । तर उहाँको प्रतिभालाई अन्तरािष्ट्रय स्तरको नोबेल पुरस्कारका लागि तत्कालनी सरकारले सिफारिस गर्न आवश्यक थियो । तर त्यो भएन । यसमा चाहि बैजन्तीले दुःख ब्यक्त गर्नु भएको छ ।

१ सय १३ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ती विभिन्न कार्यक्रम गरि मनाइयो । देश तथा विदेशमा रहेका साहित्य प्रेमी तथा आम नेपालीले यो दिवस महाकवि लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा मनाए । तर वर्षमा एक पटकमात्र देवकोटालाई स्मरण गर्ने परम्परा र देवकोटालाई तत्कालीन समयमा अन्तराष्ट्रिय स्तरको पुरस्कारका लागि सिफारिस नगरिएको भन्दै साहित्यका क्षेत्रमा लागेकाहरुले गुनासो गरेका छन् ।

उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।२०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो। साहित्यिक यात्रादेवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उहाँले महाकाव्य, लामा बणर्नात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसा योग्य छन्।

उहाँद्धारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्नुभयो । उहाँ एक पटक नेपालको शिक्षा मन्त्री सम्म बन्नु भएको थियो । उहाँकै पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो । यती महान सिर्जन दिने महान व्यक्तिले अन्तराष्ट्रिय स्तरको कुनै पदावी नपाउँदा कवि तथा लेखक खेम लाल पोखरेलपनि दुखित हुनुहुन्छ ।

नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । यस्ता महान व्यक्तिलाई वर्षमा एक दिन मात्र हैन उहाँका सिर्जनालाई जीवनसँग जोडेर हरेक दिन महसुस गर्न सके मात्र महाकवि देवकोटा प्रतिको सम्मान हुने अर्का श्रष्टा दिपक सुवेदीको भनाई छ ।

प्रारम्भिक जीवनदेवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा हुनु हुन्छ । उनि धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उहाको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो। देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाको घरको आर्थिक अबस्था अत्यन्तै दयनीय थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित