देवकोटा जयन्ती

महाकवि देवकोटाले अन्तराष्ट्रिय पुरस्कार नपाएकोमा दुखित श्रष्टाहरु

 

दमक/
झापा दमकका बाल कलाकार रियाज रिजालले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता बाचन गर्दा दमकमा आयोजीत एक कार्यक्रममा सन्नटा छायो । यस्ता बाल बालिका सम्मको मनसपटलमा महाकवि लक्ष्मी प्रसाद देवकोटाका रचना बसेका छन् । अहिले पनि त्यस बेलाका सिर्जना कालजायी छन् । उहाँले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको तत्कालीन सरकारले सम्मान गर्न नसकेको कवि तथा लेखिका मिश्र बैजन्ती बताउनु हुन्छ । उहाँले त्यसबेला सरकारले नगरे पनि उहाँको मृत्यूपछि आम नागरिकले दिएको सम्मान चाहि सम्झन लायक रहेको उहाँले बताउनु भयो । सबैको मन मुटुमा बस्न सफल हुनु भएका देवकोटाले राष्ट्रिय स्तरका धेरै पुरस्कार प्राप्त गर्नु भएको छ । तर उहाँको प्रतिभालाई अन्तरािष्ट्रय स्तरको नोबेल पुरस्कारका लागि तत्कालनी सरकारले सिफारिस गर्न आवश्यक थियो । तर त्यो भएन । यसमा चाहि बैजन्तीले दुःख ब्यक्त गर्नु भएको छ ।

१ सय १३ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ती विभिन्न कार्यक्रम गरि मनाइयो । देश तथा विदेशमा रहेका साहित्य प्रेमी तथा आम नेपालीले यो दिवस महाकवि लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा मनाए । तर वर्षमा एक पटकमात्र देवकोटालाई स्मरण गर्ने परम्परा र देवकोटालाई तत्कालीन समयमा अन्तराष्ट्रिय स्तरको पुरस्कारका लागि सिफारिस नगरिएको भन्दै साहित्यका क्षेत्रमा लागेकाहरुले गुनासो गरेका छन् ।

उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।२०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो। साहित्यिक यात्रादेवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उहाँले महाकाव्य, लामा बणर्नात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसा योग्य छन्।

उहाँद्धारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्नुभयो । उहाँ एक पटक नेपालको शिक्षा मन्त्री सम्म बन्नु भएको थियो । उहाँकै पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो । यती महान सिर्जन दिने महान व्यक्तिले अन्तराष्ट्रिय स्तरको कुनै पदावी नपाउँदा कवि तथा लेखक खेम लाल पोखरेलपनि दुखित हुनुहुन्छ ।

नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । यस्ता महान व्यक्तिलाई वर्षमा एक दिन मात्र हैन उहाँका सिर्जनालाई जीवनसँग जोडेर हरेक दिन महसुस गर्न सके मात्र महाकवि देवकोटा प्रतिको सम्मान हुने अर्का श्रष्टा दिपक सुवेदीको भनाई छ ।

प्रारम्भिक जीवनदेवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा हुनु हुन्छ । उनि धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उहाको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो। देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाको घरको आर्थिक अबस्था अत्यन्तै दयनीय थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीका पत्रकारको दुर्घटना बिमा कार्यक्रम सुभारम्भ

बिराटनगर , ९ भदौ । कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको छ।‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’

विद्युत्मा भ्याट लगाएर महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौँ,९ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने

मेयर्स फोरमद्वारा आशिका तामाङको व्यवहारप्रति आपत्ति

काठमाडौँ ,९ भदौ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले

उद्योगमा सरकारको चासो छैन्ः अध्यक्ष श्रेष्ठ

काठमाडौँ,९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताउनु भएको छ । मंगलबार नाडा

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र