दमक/
झापाको दमक ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्डको प्रथम वर्षमा अध्ययन गर्नु हुन्छ एन्जिला खड्का । उहाँलाई कलेजले समुदाय स्तरमा शिक्षाको अवस्था कस्तो रहेछ भन्ने कुरा बुझ्न पठायो ।
दमक नगरपालिकालाई जानकारी गराएर यी विद्यार्थीहरु कलेजले दिएको विषयमा समाज बुझ्न समुहगत रुपमा हिडे । खड्काको समुहलाई शिक्षाको स्तर , अहिले दमकमा प्रदान गरिएको शिक्षाका बारेमा अभिभावकको धारणा के रहेछ भन्ने बारेमा बुझ्न भनिएको थियो ।
यसबारेमा उनीहरुले विभिन्न तहका अभिभावकहरुलाई भेटे । जीवनमा पहिला पटक समुदायमै गएर प्रत्यक्ष संवाद गर्न पाएको भन्दै खड्का भन्नु हुन्छ ‘ केहि सन्तुष्ट र केहि शुल्कमा असन्तुष्ट रहेकाहरु पायौ ।’
दमकका रहेका सामुदायीक तथा निजी स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर फरक फरक रहेको पाइएको उनीहरुले निष्कर्ष निकाले । निजी विद्यालयमा शुल्क लिइन्छ तर शुल्क बराबरको पढाई नभएको हो कि भनेर अभिभावकहरुले गुनासो गर्ने गरेको पनि अध्ययन गर्ने क्रमका पाएको अध्ययनमा सहभागी अर्की विद्यार्थी चन्द्रा ढुङ्गानाले बताउनु भयो ।
अर्को समुहले दमकका फूट पाथमा पसल थापेर ब्यापार गर्नेहरुको बारेमा अध्ययन गर्यो । अत्यन्तै जोखिम मोलेर उनीहरुले ब्यापार गर्ने गरेको उनीहरुले अध्ययन गर्ने क्रममा पत्ता लगाएका रहेछन् । यो समुहको नेतृत्व गर्नु भएकी प्रतिका दाहालको अनुभव छ आर्थीक अभाव कारण फुटपाथमा पसल गरिएको भए पनि यसलाई व्यवस्थापन गर्न नगरपालिकाले चाह्यो भने चाहि सक्छ । र त्यो कसरी सम्भव हुन्छ त भन्ने कुराको सुझावपनि उहाँले अध्ययनका क्रममा पत्ता लगाउनु भयो ।
विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभएर समाज बुझ्न र चिन्न पनि सिकाउनु पर्छ भनेर आस्था कलेजले प्रथम र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई समुह बनाएर विषय दिएर परिचालन गर्यो । क्याम्पस प्रमुख टेकनाथ भण्डारीका अनुसार यस प्रकारको अध्ययनले विद्यार्थीको सर्वाङ्गीण विकास हुन सक्छ , समाज बुझेर यहि समाजमा केहि गर्नु पर्ने रहेछ भन्ने उत्प्रेरणा पनि विद्यार्थीहरुमा प्राप्त हुन सक्ने छ ।
भिडियो हेरौ