दमक/
दमक प्रज्ञा प्रतिष्ठानले ६ वटा पुरस्कारको घोषणा गरेको छ । फरक फरक विधामा योगदान पुर्याएको भन्दै प्रतिष्ठानले पुरस्कारको घोषणा गरेको हो ।
लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औ जन्म जयन्तीको अवसर पारेर ती पुरस्कारहरुको घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारीदिनुभयो ।
घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा गोविन्दराज भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । यो पुरस्कारको राशी नगद ५१ हजार रुपैँया रहेको छ ।
यस्तै दमक प्रज्ञा सस्कृति पुरस्कार डा. सोमबहादुर धिमालले पाउने हुनु भएको छ । यो पुरस्कारको राशी नगद २१ हजार रुपैँया रहेको छ । दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई प्रदान गरिने भइएको छ । यसको पुरस्कार राशी २१ हजारकै रहेको छ ।
यस्तै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई प्रदान गरिने प्रतिष्ठानले घोषणा गरेको छ । यो पुरस्कारको राशीपनि २१ हजार नगद नै रहेको छ । यस्तै दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिने भइएको छ । जसको राशी पनि २१ हजार रुपैँया नै रहेको छ र दमक प्रज्ञा बाल साहित्य पुरस्कारमा सेलिया श्रेष्ठलाई प्रदान गर्ने घोषणा भएको छ । यसको राशी नगद १५ हजार रुपैँया रहेको छ ।
घोषित पुरस्कार दमक प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात मंसिर २५ गते प्रदान गरिने जनाइएको छ ।
पुरस्कार घोषणा कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राई रहनु भएको थियो भने विशिष्ट अतिथीमा दमक नगरपालिकाका प्रमुख रोमना ओली, प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना लगायत रहनु भएको थियो । कार्यक्रममा साहित्य क्षेत्रका सर्जकहरुको उपस्थित रहेको थियो ।
मिश्र बैजन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र बाल सिर्जनाका बारेमा प्रकाश पानु भएको थियो भने झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले देवकोटाको बारेमा सामान्य जानकारी गराउनु भएको थियो । बाल कलाकार रियाज रिजालले देवकोटाको कविता बाचन गर्नु भएको थियो । कार्यक्रम दमक स्थित पशुपति मन्दिरको सभाहलमा सम्पन्न भएको थियो ।