दमक/
झापाको अर्जुनधारा नगर भित्र रहेका निजी विद्यालयहरुलाई तोकिएका प्रकाशनको मात्रै अभिभावकलाई पुस्तक खरिद गराउन विद्यालयहरुलाई पत्रचार गरिएको छ ।
निजी तथा आवासिय ंविद्यालय अर्गनाइजेशन(प्याव्सन) अर्जनधारा नगर कमिटीले नगरमा रहेका सम्पूणर् निजी विद्यालयहलाई कक्षा पाँचका पुस्तकहरु खरिद गर्न प्रकाशनको नामनै तोकेर निर्देशन दिएको छ ।
विद्यालयको पढाईलाई एकरुपता दिन भन्दै यस्तो निर्देशन जारी गरिको सो पत्रमै उल्लेख गरिएको छ ।
पत्र अनुसार अनिवार्य अग्रेजी, क्रिएटिभ पव्लिकेशन, अनिवार्य नेपाली आठराई पव्लिकेशन, अनिवार्य ग्रामर स्मार्टेज पव्लिकेशन, नेपाली ग्रामर, जेडिवि पव्लिकेशन, अनिवार्य गणित अक्सब्रिज पव्लिकेशन कम्प्यूटर साइन्स विद्यार्थी पव्लिकेशन, मानव मुल्य तथा सामाजीक अध्ययन, स्वरमिन पव्लिकेशन, एच पि इ संगम पव्लिकेशन, कम्प्यूटर स्वस्तिक पब्लीकेशन र जिके ओसियस पव्लिकेशनका पुस्तक मात्रै खरिद गराउन निर्देशन दिइएको छ ।
बाध्यात्मक पार्नु गलत : प्याप्सन प्रदेश सचिव
यसरी प्याव्सनको नगर कमिटीले विद्यालयलाई निर्देशनात्मक शैलीमा पुस्तक खरिद गराउन भन्दै पत्रचार गर्न र निर्देशन दिने नमिल्ने प्यावसन कोशी प्रदेशका सचिव कोशराज प्याकुरेलले बताउनु भयो ।
उज्यालो खवरसँग कुराकानी गर्दै प्याकुरेल भन्नु हुन्छ‘ यसरी विद्यार्थीहरुको शिक्षा लिने कुरामा प्रकाशन तोकेरै पुस्तक खरिद गराउनु शैक्षिक रुपमा पनि अक्षम्य कुरा हो भने साङ्गठानीक रुपमा पनि यो अयोग्य र नियम विपरित कुरा हो । ’










