अम्लिसो प्रमुख आम्दानी

केराबारीका किसानको प्रमुख आम्दानी अम्लिसो , प्रर्वधन गर्ने कार्यक्रम अहिले सम्म बनेन

 

दमक/
मोरङको केराबारी गाउँपालिकाको उत्तरी क्षेत्रमा मनग्गे अम्लिो खेती गरिन्छ । यहाँको पहाडी क्षेत्रका अधिकासं किसानको मुख्य नगदे बाली भनेकै अम्लिसो हो । यसैको खेतीबाट यहाँका किसानको दैनिकी चल्छ । तर यहाँका किसानमा अम्लिो खेतीको प्राविधिक ज्ञान छैन । जर्वजस्त खुल्ला पाखोमा गरिरहेका छन् । यता स्थानीय सरकारले पनि यी किसानहरुलाई समेटर कार्यक्रम ल्याउन नसक्दा किसान आ-आफ्नै तरिकाले खेती गरिरहेका छन् ।

केराबारी गाउँपालिका स्थित बजारबाट करिव ७ किलोमिटर उत्तर लागेपछि देखिन्छ भिर पाखा । यी भिर पाखा भरी अम्लिोसोको खेती गरिएको छ । यहाँका किसानले एउटा एउटा भिर आफ्नो नाममा राख्दै अम्लिसो खेती गरिरहेका छन् । तपाईले यहाँ कति अम्लिसो लगाउनु भएको छ भनेर सोध्यो भने कसैले पनि बास्तविक तथ्याकंक दिन सक्नु हुन्न । हातको औलाले देखाएर उ परेको पाखो चाहि मेरो हो भन्ने मात्र जवाफ आउँछ । केरोबारीमा कहाँ र कती कती अम्लिसो खेती भइरहेको छ भन्ने बारेमा सोधिखोजी गर्न हामी त्यहाँको वडा नं ३ स्थित भोगटेनिमा पुग्दा हामीले भेट्यौ खगेन्द्र कुमार मगरलाई । मगरले पनि हामीलाई यस्तै जवाफ दिनु भयो ।

खगेन्द्रको त्यो पाखो आफ्नै नाममा लालपुर्जा रहेको जमिन चाहि होईन । कस्को हो भन्ने पनि उहाँलाई थाह छैन । तर डाडो , पाखो भएकोले त्यहाँ उहाँहरुले वर्षौदेखी अम्लिसो लगाउँदै आउनु भएको छ ।

यहि अम्लिसोबाट उहाँले वार्षिक ५/६ लाख रुपैँया कमाउनु हुन्छ । अझ उहाँले त अहिले गाउँभरको अम्लिसो आफै संकलन पनि गर्नु हुन्छ । संकलीत अम्लिसोलाई केराबारीमा गोदाम बनाएर थन्काउनु हुन्छ । त्यहाँबाट विभिन्न ब्यापारीलाई बेच्ने गरेको उहाँले सुनाउनु भयो ।

यहि ठाउँकी रस्ता लिम्बुले आफ्नो बारीका साथै अधियामा पनि अम्लिसो खेती गर्नु भएको छ । एक पटक रोपेको अम्लिसोले १२/१५ वर्ष सम्म निरन्तर आम्दानी दिने गरेको उहाँले सुनाउनु भयो । उहाँ बिवाव गरेर आएको वर्ष रोपेको अम्लिसो अव फेर्ने बेला भएको छ । बुढो भएको अम्लिोसो गोडमेल गर्न निकै समस्या भएको उहाँले सुनाउनु भयो ।

उहाँका हातका पञ्जा चर चर फूटेका छन् । सेता ती हातका हत्केलामा अहिले ठेला उठेका छन् । फूटेर काला काला धस्रा भरिएका छन् । यद्यपी उहाँ यो खेतीबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले यहि खेतीबाट आफ्ना छोराछोरी पढाउनु भएको छ । आफ्नौ घरको दैनिक आवश्कता टार्नु भएको छ । तर बेला बेलामा मुल्यमा हुने उतरचढावले भने उहाँले बनाएको योजना अनुसार काम हुदैन । र ऋण पनि काढ्नु परेको लिम्बुले सुनाउनु भयो ।

अम्लिसो खेतीमा लगेर नै यहाँका पुस्ता फेरिरहेका छन् । तर अम्लिसो खेती गर्नेको जिवन स्तर अहिले सम्म फेरिन सकेको छैन । उनीहरुका अगुवा भनिएका किसानहरुले पनि अम्लिसो खेतीलाई वास्ता गरेनन् । बरु नयाँ नयाँ अन्य खेतीका कार्यक्रम ल्याए तर सम्भावना धेरै बोको यो नगदेबालीका लागि किसानका अगुवाले पनि ल्याउन सकेन् । यहि ठाउँका किसानहरुको जिवनस्तर उकास्न भनेर स्थापना भएको सुन्धारा कृषि सहकारी सस्था लिमिटेड । यसले पनि बरु आगन्तुक खेतीमा प्रोत्साहन गर्न थाल्यो । तर यहाँको रैथाने उत्पादन अम्लिसोको कुनै कार्यक्रम बनाउन सकेन । किसानका लागि माग गर्न पनि सकेन । यो कुरा सस्थाका सचिव कमल खड्काले पनि स्विकार गर्नुहुन्छ । तर अव भने सरकारका तीन तहसँगनै अम्लिसो खेती प्रवर्धन गर्न आवश्यक कार्यक्रमको माग गर्ने उहाँले सुनाउनु भयो ।

यता गाउँपाकिलाले पनि अहिले सम्म अम्लिसो खेतीका लागी कुनै कार्यक्रम बनाएको छैन । जनप्रतिनिधी आएर आफ्नो कार्यकाल पुरा गर्न लागे । कुनै एक वर्ष यस सम्बन्धीको कार्यक्रम बन्न सकेन । कार्यक्रम मात्र नबनेको होईन । यहाँ अम्लिसो खेती कतिले गर्छन र क्षेत्रफल कतीमा फैलिएको छ भन्ने पनि तथ्याकं गाउँपाकिलासँग छैन । गाउँपासिलका अध्यक्ष रोहित कुमार कार्कीले अहिले सम्म यसमा आफुहरुको कमजोरी भएको स्विकार गर्नु भएको छ । आगामी दिनमा कृषि शाखालाई यस अम्लिसो खेतीको कार्यक्रम बनाउनकालागि प्रस्ताव आह्वान गर्ने उहाँले बताउनु भयो ।

यहाँ ९ हजार ८ सय ४८ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । तर अझैपनि कहाँ के के खेती हुन्छ र कुन किसान कुन खेतीमा आश्रीत छन् भन्ने कुराका तथ्याकंक पनि कृषि शाखाले तयार पार्नै सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु