दमक/
झापाको दमक ९ मा रहेको सरस्वती माद्यमिक विद्यालय इटाभट्टामा अध्ययन गरि ‘पास आउट’ भएका विद्यार्थीहरुले विभिन्न सम्मानका कार्यक्रम गर्दै आफ्नो दोस्रो पूःनर्मिलन कार्यक्रम सम्पन्न गरेका छन् ।
पूर्व विद्यार्थी समाजको आयोजनामा भएको कार्यक्रममा यस विद्यालयमा अध्ययन गरि सरकारी तथा सामाजीक क्षेत्रका महत्वपूणर् क्षेत्रमा रहेर काम गरिरहेका चारजनालाई विशेष सम्मान गरेका गरिएको थियो ।
यसरी सम्मानीत हुनुहुनेरुमा राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौका निर्देशक डा. महेश सुवेदी, दमक नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत डमरु प्रसाद निरौला, शसस्त्र प्रहरी नायव निरिक्षक लोकेन्द्र सुवेदी र दमक क्याम्पसका प्रमुख डा. नेत्र बुढाथोकी रहनु भएको छ ।
उहाहरुले यही विद्यालयमा विभिन्न वर्षहरुमा एस एल सि उत्तिणर् गरि विद्यालय छोडनु भएको थियो । उहाँहरुलाई दोसल्ला ओडाउँदै सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
यस्तै यो विद्यालयमा लामो समय सम्म अध्यापन गरेर सेवानिवृत्त हुनु भएका शिक्षक/शिक्षिकाहरुलाई पनि अर्को सम्मान गरिएको छ ।
सम्मानीत हुनुहुनेहरुमा सरद कुमार थापा,मेघराज पौडेल, नन्दलाल सुवेदी, नारायणकृष्ण भण्डारी, राजेन्द्र कुमार भट्टराई, इन्दिरा भण्डारी र नरमाया खड्का रहनु भएको छ ।
उहाँहरुलाई गुरु र शिष्यहरुको सम्बन्ध सँधै निकट भइरहोस भन्दै खादा उडाइ सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।
यसै गरि यो विद्यालयबाट वर्ष २०५० देखी ०५९ साल सम्ममा एस इल सि परिक्षा उत्तिणर् गरि विद्यालयबाट बाहिरिएका पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थिती भएका मध्ये करिव ५० जनलाई सम्मान गरिएको समाजका अध्यक्ष प्रेम कुँवरले जानकारी दिनुभयो ।
विद्यालय छोडेर विभिन्न पेषा तथा व्यवसायमा आवद्ध भइ काम गरिरहेका पूर्व विद्यार्थीहरुको पूःनर्मिलन को कार्यक्रम गर्दा विद्यालयको स्मरण अझ ताजा बनाउनुका साथै आ आफ्नो काम गरेको क्षेत्रका बारेमा तालिका बनाएर अहिले पढिरहेका विद्यार्थी माझ अनुभव साट्ने कार्यक्रम समाजले गर्ने समाजका उपाध्यक्ष भूमिराज पराजुलीले बताउनु भयो ।
कालाकार विद्यार्थी र सुरक्षा गार्डलाई प्रोत्साहन सहितको सम्मान
यस्तै विद्यार्थी समाज सरस्वती मावि इटाभट्टले विद्यालयले तोकेका दुई जना छात्र छाज्ञालाई प्रोत्साहन सहितको सम्मान गरेको छ भने एउटा नृत्यमा अन्तराष्टिय मञ्च सम्म पुगेको विद्यार्थीको समुहलाई पनि सम्मान गरेको छ । यसै गरि विद्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत कर्मचारीलाई पनि सम्मान गरेको छ ।
कक्षा १० मा अध्ययनरत रेष्मा मिश्र, राजेस पोद्धार , सुरक्षा गार्ड दुर्गा कुमार थापालाई नगद सहित सम्मान गरिएको छ ।
साथै अन्तराष्ट्रिय स्तरको डान्स रियालीटि टेलिभिजन सो कार्यक्रम मेरो डान्स यूनिभर्समा अन्तिम चरणमा पुग्न सफल भएका विद्यार्थीहरुको समुहलाई समेत सम्मान नगद सहित सम्मान गरिएको सस्थाका कोषाध्यक्ष गंगा खतिवडाले जानकारी दिनुभयो ।
विभिन्न सात वटा देशबाट प्रतियोगी सहभागी भएको सो कार्यक्रममा विद्यालयको समुहगत प्रतियोगि यस विद्यालयका विद्यार्थी मात्रै रहेकोले पनि थप प्रोत्साहन गर्नकालागि सम्मन गरिएको खथिवडाले बताउनु भयो ।
एक करोडको अध्यक्ष कोष घोषणा
आजबाट यो समाजले एक करोड बराबरको अक्षय कोष समेत घोषणा गरेको छ । यसको सुरुवातमा विद्यालयका पूर्व विद्यार्थी लक्ष्मी प्रसाद प्रसाईले आफ्नो छोरीको स्मिृतीमा ५१ हजार रुपैँया जम्मा गर्ने घोषणा गर्नु भएको थियो ।
यो कोषमा विभिन्न सबै पूर्व विद्यार्थीहरुले रकम जम्मा गर्न सक्ने र सो रकमको ब्याज मार्फत वार्षिक रुपमा विभिन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबित्ति प्रदान गरिने उपाध्यक्ष पराजुलीले बताउनु भयो । साथै हरेक वर्षका विद्यार्थीहरुको समुहले समेत सामुहिक रुपमा सहभागीता जनाउन समेत सकिने जनाइएको छ ।
नगरको शिक्षा सुधार गर्न विषेश कार्यक्रम : नगर प्रमुख
दमक नगरपाकिलाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै नगर प्रमुख थापा भन्नु हुन्छ ‘सरस्वती मावि इटाट्टाको इतिहाँसको साक्षी म पनि हु । यसका सस्थापक अध्यक्ष डम्बर बहादुर अधिकारको त्यो बेलाको योगदान र सकृयता नभएको भए यो विद्यालय अहिले यो अवस्थामा हुँदैन थियो ।’
नगर प्रमुख थापाले दमकका सामुदायीक विद्यालयको भौतिक संरचना सुधार गर्नका साथै शैक्षिक उन्नत्तीकालागि आफुले ५ वर्षे कार्ययोजना बनाएको समेत उल्लेख गर्नु भयो ।
दमकका हरेक सामुदायीक विद्यालयको शैक्षिक सुधार गर्न आफुले विषेश कार्यक्रम बनाएर १ करोड रुपौँया बजेट समेत बिनियोजन गरेको र त्यसको कार्यान्वायनको पहिलो चरणका कामहरु सुरु भइसकेको पनि उहाँले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विषेश अतिथीको रुपमा आषन ग्रहण गर्नु भएका दमक नगरपालिकाको शिक्षा समिती अध्यक्ष तथा वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराइले सामुदायीक विद्यालयको शैक्षिक सुधार गर्ने काममा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
देशकै नमुना विद्यालय बनाउने अभियनमा सरिक हुन आह्वान
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवतराज पुरी ‘गगन’ले यो विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने कार्य योजना तयार भएको र यसलाई पुरा गर्न पूर्व विद्यार्थीको साथ अति नै आवश्यक रहेको उल्लेख गर्नु भएको थियो ।
यसकालागि केहि गुरु योजना बनि सकेको र अव यसलाई पूणर् कार्यान्वायन गराउने सन्दर्भमा सबै पक्षको सकरात्मक साथको आवश्यकता रहेको अध्यक्ष पुरीको भनाई छ । विद्यालयका प्राविधिक विषय पनि निशुल्क सञ्चालन गर्न विभिन्न श्रोतको व्यवस्थापन गर्ने कामहरु भइरहेको र त्यसको सुनिश्चितता हुने वित्तिकै प्राविधिक धारका कक्षाहरु समेत निशुल्क पढाइने उहाँले बताउनु भएको थियो ।
समाजका सदस्य देवेन्द्र प्रसाईले स्वागत गर्नु भएको कार्यक्रम सचिव गगन सिवाकोटीले सञ्चालन गर्नु भएको थियो ।
भिडियोमा हेरौ










