दमक/
दमकमा मुख्य कार्यालय रहेको क्लव हिमालयन टाईगरले वर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।
सामाजीक रुपमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुको तस्विर राखेर प्रकाशन गरिएको क्यालेण्डरको आज दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सार्वजनिक गर्नु भएको हो ।
संगम स्विटमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले भन्नु भयो ‘दमकका धेरै सस्था मध्ये क्लव हिमालयन टाईगर अलि भिन्न रहेछ , समाजमा रचनात्मक काम गर्न रुचाउने सस्था रहेछ ।’ क्लवको प्रशंषा गर्दै नगर प्रमुख थापाले यस्ता सस्थाको गतिविधि अझ बढ्नु पर्ने र त्यसमा नगरको तर्फबाट आवश्यक पर्ने विभिन्न साथ , सहयोग र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्न भयो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काले क्लवमा यूवा जोश र जागर भएकाहरुको नेतृत्व रहेकोले समाजलाई सकरात्मक गन्तव्यमा अघी बढाउन क्लवले महत्वपूणर् भूमिका निर्वाह गर्ने उल्लेख गर्नु भयो ।
क्वलका सस्थापक अध्यक्ष रेवत भण्डारीेले क्वलको सकृयता समाजीक क्षेत्रमै रहेको बारेमा जानकारी गराउन पनि क्लवद्धारा प्रकाशन गरिएको क्यालेण्डरमा सामाजीक व्यक्तिहरुकै तस्विर राखीको उल्लेख गर्नु भयो ।
क्यालेण्डर बिमाचोन कार्यक्रमको भिडियो यहाँ राखीएको छ ।