"स्मृतीमा फाल्गुन्द "

केराबारी र लेटाङमा फाल्गुनन्को माङहिम सहित शालीक अनावरण गरिदै

 

दमक/
बिहिबार महागुरु फाल्गुनन्दको १ सय ३७ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै छ । यो पटक प्रदेश १ का ३ स्थानमा माङहिमको उद्धघाटनका साथै महागुरुको शालीक अनावरण गर्दै मनाइदै छ । मोरङको केराबारी गाउँपाकिला र लेटाङ नगरपालिकाका साथै सुनसरीको बराहक्षेत्र नगरपालिकामा यो पटक महागुरु फाल्गुनन्द जयन्ती मनाइदै छ ।
मोरङको लेटाङ नगरपालिकाको बजार क्षेत्रबाट केहि उत्तर । किरातीहरुको माङहिम अर्थात मन्दिर भएको ठाउँ छ । यहि मन्दिर प्रवेश गर्ने छेउमै महागुरु फाल्गुनन्दको पूणर् कदको शालीक निर्माण गरिएको छ ।

एउटै ढुङ्गामा कुदिएर बनाइएको यो शालीकको बिहिबार आत्मन्द लिङ्गदेनले अनावरण गर्ने कार्यक्रम रहेको छ । साथै यहाँ लिङ्गदेनको प्रवचन समेत रहेको किरात थाम्साङ्ग माङ्गहिम व्यवस्थापन तथा संरक्षण समितीका अध्यक्ष बालकुमार चेम्जुङ्गले जानकारी दिनुभयो ।


यस्तै मोरङकै केराबारी गाउँपालिका वडा नं ७ को मुगु भन्ने ठाउँ पनि झकिझकाउ बनाइएको छ । किरात धर्म झल्कने बिभिन्न झण्डाका साथै ध्वाजा झुण्डाइएको छ । यहाँ २ वटा माङहिम तथा एउटा महागुरु फाल्गुनन्दको पूणर् कदको शालीकको एकै पटक अनावरण हुने छ । यहाँ पनि गुरु आत्मन्द लिङ्गदेनको बाहुलीबाटनै अनावरण हुने बताइएको छ । हेलिकप्टर मार्फत प्रस्थान गर्नु हुने गुरु लिङ्गदेनको स्वागतका लागि सम्पूणर् तयारी भइसकेको यहाँको मुहिगुम अङसिमाङ फाल्गुनन्द मिङसो माङहिमका सल्हाकार लाखमान जबेगुले बताउनु भयो ।

यसका साथै सुनसरीको बराह क्षेत्रमा पनि गुरु आत्मनन्द लिङ्गदेनको उपस्थितीमा १ सय ३७ औ फाल्गुनन्द जयन्ती मनाइदै छ । सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।

पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ बनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ । यसै कारण ले पनि हो आज सैयौ बर्षपछि पनि किराँत समुदायमा गुरु फाल्गुनन्दको काम अनि यसको गुनगान गाइने गरिन्छ ।

वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरु मा सत्यमार्ग देखाउने गर्दछ । यीनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ती मनाईन्छ ।
किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Share: