स्मृतीमा फाल्गुन्द

केराबारी र लेटाङमा फाल्गुनन्को माङहिम सहित शालीक अनावरण गरिदै

 

दमक/
बिहिबार महागुरु फाल्गुनन्दको १ सय ३७ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै छ । यो पटक प्रदेश १ का ३ स्थानमा माङहिमको उद्धघाटनका साथै महागुरुको शालीक अनावरण गर्दै मनाइदै छ । मोरङको केराबारी गाउँपाकिला र लेटाङ नगरपालिकाका साथै सुनसरीको बराहक्षेत्र नगरपालिकामा यो पटक महागुरु फाल्गुनन्द जयन्ती मनाइदै छ ।
मोरङको लेटाङ नगरपालिकाको बजार क्षेत्रबाट केहि उत्तर । किरातीहरुको माङहिम अर्थात मन्दिर भएको ठाउँ छ । यहि मन्दिर प्रवेश गर्ने छेउमै महागुरु फाल्गुनन्दको पूणर् कदको शालीक निर्माण गरिएको छ ।

एउटै ढुङ्गामा कुदिएर बनाइएको यो शालीकको बिहिबार आत्मन्द लिङ्गदेनले अनावरण गर्ने कार्यक्रम रहेको छ । साथै यहाँ लिङ्गदेनको प्रवचन समेत रहेको किरात थाम्साङ्ग माङ्गहिम व्यवस्थापन तथा संरक्षण समितीका अध्यक्ष बालकुमार चेम्जुङ्गले जानकारी दिनुभयो ।


यस्तै मोरङकै केराबारी गाउँपालिका वडा नं ७ को मुगु भन्ने ठाउँ पनि झकिझकाउ बनाइएको छ । किरात धर्म झल्कने बिभिन्न झण्डाका साथै ध्वाजा झुण्डाइएको छ । यहाँ २ वटा माङहिम तथा एउटा महागुरु फाल्गुनन्दको पूणर् कदको शालीकको एकै पटक अनावरण हुने छ । यहाँ पनि गुरु आत्मन्द लिङ्गदेनको बाहुलीबाटनै अनावरण हुने बताइएको छ । हेलिकप्टर मार्फत प्रस्थान गर्नु हुने गुरु लिङ्गदेनको स्वागतका लागि सम्पूणर् तयारी भइसकेको यहाँको मुहिगुम अङसिमाङ फाल्गुनन्द मिङसो माङहिमका सल्हाकार लाखमान जबेगुले बताउनु भयो ।

यसका साथै सुनसरीको बराह क्षेत्रमा पनि गुरु आत्मनन्द लिङ्गदेनको उपस्थितीमा १ सय ३७ औ फाल्गुनन्द जयन्ती मनाइदै छ । सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।

पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ बनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ । यसै कारण ले पनि हो आज सैयौ बर्षपछि पनि किराँत समुदायमा गुरु फाल्गुनन्दको काम अनि यसको गुनगान गाइने गरिन्छ ।

वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरु मा सत्यमार्ग देखाउने गर्दछ । यीनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ती मनाईन्छ ।
किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत सङ्घसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल