जनतासँग जनप्रतिनिधि

समाचार प्रभावः शौचालय नभएका घरमा शौचालय बनाउने सामाग्री पुगे (दुई भिडियो सहित)

 

दमक/
दमक नगरपालिका वडा नं ५ का सुकुम्बासी बस्तिहरुमा सुरक्षित शौचालय नभएको रिपोर्ट उज्यालो खवरले फागुन २२ गते प्रकाशन/प्रसारण गरेको थियो ।

जहाँ देखाइएको थियो सुकुम्बासी बस्तिहरुमा अझै पनि सुरक्षीत शौचालय छैनन्

कम्तिमा शौच त सुरक्षीत रुपमा गर्न पाउँ भन्दै आर्थिक अवस्था कमजोर भएका नागरिकहरुले शौचालय बनाइदिन माग गर्नु भएको थियो ।

सोहि बेला दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङसँग हामीले यो समस्याका बारेमा राखेका थियौ ।

हामीसँग कुराकानी गर्दै उहाँले केहि समयमै अनुगमन गरेर आवश्यकताको पहिचान गरि शौचालय बनाउन आवश्यक पर्ने सामाग्री प्रदान गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

उहाँले त्यस बेला गरेको प्रविद्धता अनुसार पहिलो चरणमा उहाँहरुले सुकुम्बासी बस्तिका कुन घरमा कस्तो शौचालय छ भन्दै अनुगमन गर्नु भयो ।

हरेक घरमा पसेर त्यहाँका बासिन्दासँग कुराकानी गर्दै केके कति कति चाहिन्छ भन्दै अनुगमन गरिएको थियो । त्यसबेला नागरिकले आफ्ना आवश्यकता प्रष्ट राखेका थीए ।

अव अनुगमन गरियो । आवश्यकता पहिचान भयो । चाँडै नै आवश्किय सामाग्री खरिद गरेर सुरक्षीत शौचाल बनाइहाल्न आफु तयार रहेको सो बेला पनि वडाध्यक्ष गुरुङले अनुगमन स्थलमै उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भएको थियो ।

त्यसबेला उहाँले बोलेका कुराहरु पुरा हुन थालेका छन् । त्यसबेला पहिचान गरिएका सुकुम्बासी बस्तिहरुमा सुरक्षीत शौचालय बन्ने सामाग्री पुगेका छन् । अव यसको सदुपयोग गरेर शौचालय बनाउने भन्दै लक्षित वर्गहरु खुसीले गद गद भएका भएका छन् ।

सुकुम्बासी बस्ति लाई भोट बैक बनाउने गरेको आरोप लाग्दै आएको छ । तर पछिल्लो समय भने सुकुम्बासी बस्ति सुधार गर्ने अभियान चल्न थालेको छ । बस्ति भित्रका अन्य समस्याको पहिचान गरि क्रमश समाधान गर्दै जाने जनप्रतिनिधीको प्रतिज्ञा छ ।

सुरक्षीत शौचालय बनाउने अभियानले कसरी सार्थकता पाउँदै छ भन्ने सम्बन्धीको भिडियो रिपोर्ट यहाँ राखीएको छ ।

सुकुम्बासी बस्तिका अन्य समस्याको समाधानमा जनप्रतिनिधिको ध्यान कस्तो छ भन्नेबारेमा वडा सदस्य सरु परियारसँगको कुराकानीको भडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल