हात हालाहाल

राप्रपा महाधिवेशन , झापा ५ (ख) मा गोप्य प्रतिनिधी छनौट हुन लागेपछि हात हालाहाल ( भिडियो सहित)

दमक/
राप्रपा नेपालको महाधिवेशन प्रतिनिधि छनौटमा हातपात भएकोछ । झापा प्रदेश ५ “ख“को महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्ता गर्न गएका राप्रपाका कृयाशिल सदस्य पुन्य शील संग्रौलामाथि हातपात भएको पीडितले बताउनु भएको छ ।

प्रदेश सभाको निर्वाचनमा सकृय सदस्यको संख्याका आधारमा कम्तिमा ९ जना प्रतिनिधी छनौट गर्न पाउने पार्टिको विधान छ । जस अन्तर्गत मंगलबार झापाको निर्वाचन क्षेत्र नं ५ (क)मा निर्वाचन सम्पन्न भएको छ । त्यसपछि बुधबार त्यस क्षेत्रका निर्वाचन गराएको निर्वाचन मण्डलले नै झापा ५(ख)मा पनि निर्वाचन गर्न आएको हो । मंगलबार बेलुका सम्म बुधबार नै यस क्षेत्रबाट प्रतिनिधी छनौट गरिनहाल्ने बताइएको थियो ।

अहिलै यस क्षेको निर्वाचन तालिका सार्वजनिक नभएको भनेर बताइएपनि बुधबार एक्कासी निर्वाचन मण्डलले मनोनय दर्ताको काम गर्न थालेको र त्यसमा पार्टि भित्रका अन्य सदस्यहरुलाई जानकारी नै नगराई केहि समुहको निर्देशनमा मात्र काम गरेपछि त्यसको विरोध गरिएको पार्टिका सकृय सदस्य संगौलाको भनाई छ ।

उहाँले उज्यालोसँगको कुराकानीमा त्यहाँ निर्वाचन अधिकृतले यस क्षेत्रमा रहेका २५/३० जनाको भेला भएर महाधिवेशन प्रतिनिधी छनौट गर्ने काम भइरहेको थियो । किन यस्तो भयो अन्य सकृय सदस्यलाई खवर किन गरिएन भनेर प्रश्न गर्दा आफुमाथी हातपात भएको संगौलाले बताउनु भयो । झापाको दमकका १० वटै वडा र कमल गाउँपाकिलाको वडा नं ५, ६ र ७ मा २ हजार ९ सय ४४ जना सकृय सदस्य रहेका छन् । यहि सदस्यहरुले यहाँबाट ९ जना महाधिवेसन प्रतिनिधी छनौट गर्ने छ ।

जिल्लाका अन्य क्षेत्रमा सर्वसम्मत प्रतिनिधी छनौट गरिएको भएपनि यहाँ सुटुक्क केहि समुले मात्रै गरेको भन्दै उहाँले आपत्ती जनाउनु भएको हो । निर्वाचन समितीका सदस्य कुमार भण्डारीले आफुलाई नोमिनेसन गर्ने कोठाबाट धकेलेर बाहिर निकालेको उहाँको गुनासो छ ।
पार्टिको केन्द्रिय महाधिवेसन मंसिर १५ देखी १७ गते सम्म काठमाडौमा हुँदै छ ।

भिडियो हेर्नुहोस

https://fb.watch/9tNH7SaaDV/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।