टेकनाथ रिजाललाई कार्वाहि गर्न माग

भुटानी शरणार्थीको सन्देश ‘हामीमाथी धोका दिनेलाई त्यसै छाड्नु हुन्न’

 

दमक/
कुनै बेला शरणार्थीको आवाजलाई विभिन्न फोरममा चर्का गरि बोल्ने टेकनाथ रिजाल अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।
उहाँ भुटानी शरणार्थीकालागि एक आशाका किरण हुनुहुन्छ । शरणार्थीको हरेक पीडाका आवाजलाई बुलन्द बनाउन प्रमुख व्यक्तिका रुपमा परिचित रिजाल नक्कली शरणार्थी पक्राउमै पर्नुलाई सक्कली शरणार्थीले उहाँ प्रति दुखेसो व्यक्त गरेका छन् ।

आफुहरुको न्यायकालागि आवाज उठाउनेनै नक्कली शरणार्थी बनाउने काममा संलग्न हुनुलाई उहाँको चरित्र माथी प्रश्न उठाउँदै दमक स्थित बेलडाँगीमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुले आक्रोस पोखेका छन् ।

तत्कालीन भुटानी सरकार मार्फत लखेटिएर नेपालमा शरण लिएर बसेका भुटानी शरणर्थीको भरपर्दो टेको बन्नु भएका टेकनाथले त्यो टेको भचाउँनु भएको छ ।

उहाँलाई भटानी शरणार्थीको समस्या समाधान नभए सम्मकालागि नेपाल सरकारले जीवन निर्वाह गर्न भन्दै मासिक भत्ताको प्रवन्ध गरेको थियो । उहालाई सरकारले सवारी साधनका साथमा सवारी चालकको पनि प्रवन्ध गरेको छ । तर नक्कली शरणार्थी बनाउने मामिलामा उहाँको पनि संलग्ना रहेको भन्दै प्रहरीले पक्राउ गरेपछि उहाँले गरेको त्यो आन्दोलन र उहाँले गर्दै आएका वकालत अव कता तिर मोडिएला ?त्यो अनुसन्धान पछि मात्रै भन्न सकिएल ।

तर अहिले आफ्नो अधिकार स्थापित गराउँछु भन्ने नेतानै नक्कली शरणार्थी बनाउने काममा लागेको सुनेपछि रिजालमार्थी कडा कार्वाहिको माग बेलडाँगीका शरणार्थीहरुले गरेका छन् । र नक्कली शरणार्थी बनाउन शिविर भित्रैकाहरुको पनि घुषपेठ हुन सक्ने भन्दै त्यस तर्फपनि अनुसन्धान गर्न उनीहरुको माग रहेको छ।

नेपाली नागरीक लाई भुटानी शरणार्थि बनाएर विभिन्न देश पठाउने काममा टेकनाथ रिजालको संलग्नता रहेको अनुसन्धानमा खुलेपछि उनलाई गएको विहिबार प्रहरीले पक्राउ गरेको थियो । नागरीकलाई गैर नागरीक बनाउन सहयोग गर्ने अन्य स्थानिय नेताको पनि छानविन गर्नुपर्ने शिविरका शरणर्थिले माग गरेका छन ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल