दमक/
कुनै बेला शरणार्थीको आवाजलाई विभिन्न फोरममा चर्का गरि बोल्ने टेकनाथ रिजाल अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।
उहाँ भुटानी शरणार्थीकालागि एक आशाका किरण हुनुहुन्छ । शरणार्थीको हरेक पीडाका आवाजलाई बुलन्द बनाउन प्रमुख व्यक्तिका रुपमा परिचित रिजाल नक्कली शरणार्थी पक्राउमै पर्नुलाई सक्कली शरणार्थीले उहाँ प्रति दुखेसो व्यक्त गरेका छन् ।
आफुहरुको न्यायकालागि आवाज उठाउनेनै नक्कली शरणार्थी बनाउने काममा संलग्न हुनुलाई उहाँको चरित्र माथी प्रश्न उठाउँदै दमक स्थित बेलडाँगीमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुले आक्रोस पोखेका छन् ।
तत्कालीन भुटानी सरकार मार्फत लखेटिएर नेपालमा शरण लिएर बसेका भुटानी शरणर्थीको भरपर्दो टेको बन्नु भएका टेकनाथले त्यो टेको भचाउँनु भएको छ ।
उहाँलाई भटानी शरणार्थीको समस्या समाधान नभए सम्मकालागि नेपाल सरकारले जीवन निर्वाह गर्न भन्दै मासिक भत्ताको प्रवन्ध गरेको थियो । उहालाई सरकारले सवारी साधनका साथमा सवारी चालकको पनि प्रवन्ध गरेको छ । तर नक्कली शरणार्थी बनाउने मामिलामा उहाँको पनि संलग्ना रहेको भन्दै प्रहरीले पक्राउ गरेपछि उहाँले गरेको त्यो आन्दोलन र उहाँले गर्दै आएका वकालत अव कता तिर मोडिएला ?त्यो अनुसन्धान पछि मात्रै भन्न सकिएल ।
तर अहिले आफ्नो अधिकार स्थापित गराउँछु भन्ने नेतानै नक्कली शरणार्थी बनाउने काममा लागेको सुनेपछि रिजालमार्थी कडा कार्वाहिको माग बेलडाँगीका शरणार्थीहरुले गरेका छन् । र नक्कली शरणार्थी बनाउन शिविर भित्रैकाहरुको पनि घुषपेठ हुन सक्ने भन्दै त्यस तर्फपनि अनुसन्धान गर्न उनीहरुको माग रहेको छ।
नेपाली नागरीक लाई भुटानी शरणार्थि बनाएर विभिन्न देश पठाउने काममा टेकनाथ रिजालको संलग्नता रहेको अनुसन्धानमा खुलेपछि उनलाई गएको विहिबार प्रहरीले पक्राउ गरेको थियो । नागरीकलाई गैर नागरीक बनाउन सहयोग गर्ने अन्य स्थानिय नेताको पनि छानविन गर्नुपर्ने शिविरका शरणर्थिले माग गरेका छन ।
भिडियोमा हेरौ