दमकका साहित्यकार धनकुटे कान्छा कोशी प्रदेश सरकारद्वारा सम्मानित

दमक/
झापाको दमकमा बसेर मुल साहित्यमा सकृय रहनु भएका साहित्यकार धनकुटे कान्छा सम्मानित भएका छन ।

उनलाई प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मानबाट प्रदान गरिएको हो ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नगद रु ५०,०००/- पचास हजार सहित दाेसल्ला र सम्मान पत्रले हिजो सम्मान गरिएकाे हाे।

प्रदेश सरकार मुख्यमन्त्रीकाे कार्यालय विराटनगरकाे सभाहलमा आयाेजित एक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएकाे थियाे।

साहित्यकार धनकुटे कान्छाको तीन दशक

भाषा,साहित्य,कला,संस्कृतिकाे क्षेत्रमा समर्पित स्रष्टा हुन। उनकाे लाशमाथि एउटा बच्चा ( गजल संग्रह २०५८ ) अक्षरहरु आमा र देश ( कविता संग्रह २०६० ) , डायस्पारिक नाेष्टाल्जिया ( गजल संग्रह २०६८ ) , इतिहास निफनेर ( कविता संग्रह २०७४ ,दाेस्राे संस्करण २०७५ ), दमक दर्पण ( २०७५ ) लगायतका कृतिहरु प्रकाशित छन्। उनले दर्जनाैँ कृतिहरुकाे सम्पादन गरेका छन् भने दर्जनाैँ संघ, संस्थाकाे नेतृत्वसमेत गरेका छन्।

उनी नेपालकै पहिलाे चराकाे आवाज निकाल्ने कलाकार समेत हुन। उनकाे व्यक्तित्व तथा कृतित्व विषयमा दुई जनाले स्नातकोत्तर तहका लागि शाेधपत्र समेत पूरा गरेका छन्। साहित्यकार धनकुटे कान्छा सप्तरङ्गी एफ. एम. दमकका पूर्व व्यवस्थापक तथा कार्यक्रम निर्देशक, श्री सरस्वती मा. वि. दमकका पूर्व व्यवस्थापन समिति अध्यक्ष लथायत अहिले उनी नेपाली विषयका अध्यापक समेत हुन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल