दमक/
झापाको दमकमा बसेर मुल साहित्यमा सकृय रहनु भएका साहित्यकार धनकुटे कान्छा सम्मानित भएका छन ।
उनलाई प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मानबाट प्रदान गरिएको हो ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नगद रु ५०,०००/- पचास हजार सहित दाेसल्ला र सम्मान पत्रले हिजो सम्मान गरिएकाे हाे।
प्रदेश सरकार मुख्यमन्त्रीकाे कार्यालय विराटनगरकाे सभाहलमा आयाेजित एक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएकाे थियाे।
साहित्यकार धनकुटे कान्छाको तीन दशक
भाषा,साहित्य,कला,संस्कृतिकाे क्षेत्रमा समर्पित स्रष्टा हुन। उनकाे लाशमाथि एउटा बच्चा ( गजल संग्रह २०५८ ) अक्षरहरु आमा र देश ( कविता संग्रह २०६० ) , डायस्पारिक नाेष्टाल्जिया ( गजल संग्रह २०६८ ) , इतिहास निफनेर ( कविता संग्रह २०७४ ,दाेस्राे संस्करण २०७५ ), दमक दर्पण ( २०७५ ) लगायतका कृतिहरु प्रकाशित छन्। उनले दर्जनाैँ कृतिहरुकाे सम्पादन गरेका छन् भने दर्जनाैँ संघ, संस्थाकाे नेतृत्वसमेत गरेका छन्।
उनी नेपालकै पहिलाे चराकाे आवाज निकाल्ने कलाकार समेत हुन। उनकाे व्यक्तित्व तथा कृतित्व विषयमा दुई जनाले स्नातकोत्तर तहका लागि शाेधपत्र समेत पूरा गरेका छन्। साहित्यकार धनकुटे कान्छा सप्तरङ्गी एफ. एम. दमकका पूर्व व्यवस्थापक तथा कार्यक्रम निर्देशक, श्री सरस्वती मा. वि. दमकका पूर्व व्यवस्थापन समिति अध्यक्ष लथायत अहिले उनी नेपाली विषयका अध्यापक समेत हुन।