‘जेलर’मा के छ त्यस्तो ? जसले दुई दिनमै ‘रेकर्ड’ तोड्यो

 

दमक/
रजनीकान्तको नामले चिनिने थलाइवा रजनीकान्तका कुनै पनि फिल्म रिलिज हुँदा प्रशंसकहरूका लागि चाडपर्व आएजस्तै हुन्छ। योपटक करिब २ वर्षपछि रजनीकान्त फिल्म ’जेलर’मार्फत ठूलो पर्दामा उपस्थित भए।

 

’जेलर’ हिजो रिलिज भयो। रिलिज भएकै दिन ‘जेलर’ले अत्यधिक कमाएर कीर्तिमान बनाएको छ।

 

फिल्म प्रदर्शन भएकै दिन भारतका चेन्नई, बेङलोर‚ हैदराबादलगायत शहरमा कर्मचारीलाई बिदा दिइएको थियो। फिल्मको पहिलो दिनको पहिलो शो हेर्न कर्मचारीलाई बिदा दिइएको हो। निजी कम्पनी र कार्यालयले पनि कर्मचारीलाई फिल्म हेर्न टिकट दिएका थिए।

 

रजनीकान्तको ‘जेलर’ मूलतः तेलुगु र तमिल भाषामा मात्र प्रदर्शन शुरु भएको छ। यस्तो अवस्थामा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ भने पहिलो दिन भव्य व्यापार गरेको छ।

 

बिहानै ६ बजेदेखि सिनेमाघरमा दर्शक भरिभराउ थिए। फिल्ममा तमन्ना, जैकी श्राफ‚ मोहनलाल‚ योगी बाबु‚ राम्या कृष्णन, वसन्त रवि र मीरा मेननले अभिनय गरेका छन्।

 

‘जेलर’ ले पहिलो दिन (तमिल र तेलुगु)बाट खुद साढे ४४ करोड भारतीय रुपैयाँ संकलन गरेको छ। यसको कुल संकलन ५० करोड थियो। फिल्मले पहिलो दिन तमिलनाडुमा २३ करोड, कर्नाटकमा ११ करोड, केरलमा ५ करोड‚ आन्ध्र प्रदेशमा १० करोड कमाएको थियो।

फिल्ममा के छ ?

फिल्ममा रजनीकान्तले आफ्नो छोरालाई सधैँ सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने बुबाको भूमिका खेलेका छन्। मुथुवेल पाण्डियन उर्फ मुथु सेवानिवृत्त जेलर हुन्। उनी परिवारसँग सादा जीवन बिताउँछन्।

 

यो फिल्ममा रजनीकान्तले मुथुवेल पाण्डियनको भूमिका खेलेका छन्। उनका छोरा अर्जुन (वसन्त रवि) इमानदार प्रहरी अधिकारी हुन्। अर्जुनको पुरातन वस्तु र देवताका मूर्तिहरू तस्करी गर्ने बर्मा (विंकयान) सँग लडाइ हुन्छ।

 

अचानक एक दिन अर्जुन बेपत्ता हुन्छ। एक दिन मुथुले आफ्नो छोराको हत्या भएको थाहा पाउँछन्। मुथुले आफ्ना छोराका हत्याराहरूलाई योजनाबद्ध तरिकाले मार्छन्। त्यसपछि उनको छोराको हत्या नभएर अपहरण भएको थाहा हुन्छ। यहीबाट कथामा नयाँ मोड आउँछ।

फिल्ममा रजनीकान्त लामो समयपछि सशक्त भूमिकामा देखिएका छन्। फिल्मका निर्देशक नेल्सनले रजनीकान्तको चरित्रलाई निकै सशक्त तरिकाले प्रस्तुत गरेका छन्। फिल्मको पूर्वार्धमा रजनीकान्त धनी बुबाको भूमिकामा देखिएका छन्। कथा अघि बढ्दै जाँदा उनको खतरनाक पक्ष खुलासा हुन्छ।

फिल्ममा रजनीकान्तको कमेडी टाइमिङको राम्रो प्रयोग गरिएको छ र योगी बाबुसँगको उनको कमेडीले औधी हँसाउँछ। राम्या कृष्णनले जेलरकी पत्नीको भूमिका निर्वाह गरेकी छन्।

 

फिल्मको पटकथा अलि सुस्त छ। पटकथामा अलिकति ध्यान दिएको भए फिल्म अझ कसिलो बन्न सक्थ्यो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल