दमक/
झापा बाह्रदशीका किसान यादव गणेशलेलाई सनपाट बिक्री होला कि नहोला भन्ने पीर थियो । तर, व्ययापारीले घरमा नै आएर सनपाट किनेपछि उनी मख्ख छन् । अघिल्लो वर्ष उनले आफूले उत्पादन गरेको सनपाट सीमावर्ती भारतीय बजारमा लगेर सस्तोमा बिक्री गरेका थिए ।
गत वर्ष प्रतिकिलो ३५ देखि ४० भारुमा बिक्रीगा थिए भने यस वर्ष १ रुपैयाँ प्रतिकिलोमा घरबाटै बिक्री भएको उनले सुनाए । राम्रो नाफा नभएपनि लगानी उठाएर केही नाफा भएको उनी बताउँछन् ।सनपाट नेपालमा बिक्री नहुने र भारतीय बजारमा भर पर्नुपर्ने भएकाले किसानले हरेक वर्ष खेती घटाउँदै ल्याएका छन् । अर्का स्थानीय रामयण राजवंशीले सनपाटको खेती गरेको ४० वर्ष भयो । यस वर्ष भने उनले घरबाटै सनपाट बिक्री गरेका छन् ।
धानको खेती गर्दा बाढीले बगाएर लैजाने त्रासका कारण सनपाट लगाएका उनले भाउ नपाएपछि खेती घटाएका छन् ।वर्षायाममा गाउँ नै डुबानमा पर्ने गरेकाले झापाका किसान अन्य छाडेर सनपाट खेतीमा होमिएका थिए । तर, भाउ सोचेअनुरुप नपाउँदा अब विकल्पमा के गर्ने भन्ने चिन्तामा परेको बताउँछन् ।