सनपाटको ब्यापार बढ्यो

घरघरबाटै सनपाट बिक्न थाल्यो , किसानलाई सहज

दमक/
झापा बाह्रदशीका किसान यादव गणेशलेलाई सनपाट बिक्री होला कि नहोला भन्ने पीर थियो । तर, व्ययापारीले घरमा नै आएर सनपाट किनेपछि उनी मख्ख छन् । अघिल्लो वर्ष उनले आफूले उत्पादन गरेको सनपाट सीमावर्ती भारतीय बजारमा लगेर सस्तोमा बिक्री गरेका थिए ।

गत वर्ष प्रतिकिलो ३५ देखि ४० भारुमा बिक्रीगा थिए भने यस वर्ष १ रुपैयाँ प्रतिकिलोमा घरबाटै बिक्री भएको उनले सुनाए । राम्रो नाफा नभएपनि लगानी उठाएर केही नाफा भएको उनी बताउँछन् ।सनपाट नेपालमा बिक्री नहुने र भारतीय बजारमा भर पर्नुपर्ने भएकाले किसानले हरेक वर्ष खेती घटाउँदै ल्याएका छन् । अर्का स्थानीय रामयण राजवंशीले सनपाटको खेती गरेको ४० वर्ष भयो । यस वर्ष भने उनले घरबाटै सनपाट बिक्री गरेका छन् ।

धानको खेती गर्दा बाढीले बगाएर लैजाने त्रासका कारण सनपाट लगाएका उनले भाउ नपाएपछि खेती घटाएका छन् ।वर्षायाममा गाउँ नै डुबानमा पर्ने गरेकाले झापाका किसान अन्य छाडेर सनपाट खेतीमा होमिएका थिए । तर, भाउ सोचेअनुरुप नपाउँदा अब विकल्पमा के गर्ने भन्ने चिन्तामा परेको बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत