तीजको ‘वर्ग विभेद’ हटाउने एउटा प्रयास(भिडियोमा हेरौ)

दमक/
एक महिना अघी देखी तीज मनाउने परम्परा अहिले झाँगीन थालेको छ । समाजले धनी वर्ग भनेर मानीदिएको त्यो समुदाय विभिन्न पार्टि प्यालेसमा एक महिना अघीदेखीनै जाने र रमाउने गरेका छन् ।

अनी हरेक दिन जसो हुने कार्यक्रममा सँधै नयाँ नयाँ साडी फेरेर लगाउने अर्को चलनले पनि अहिले आधुनिकताका नाममा नयाँ फेसन बढाइरहेको छ । महगा गर गहना प्रर्दशन त हरेक वर्ष चलीनै रहेको छ ।

केहि महिलाहरुको यस्तो व्यवहार र कर्मका कारण सामान्य स्तरका महिलाहरुले सम्मानका साथ तीज मनाउनै पो नपाउने हुन कि भन्ने डर बढीरहेको छ ।

पटकै पिच्छे नयाँ सारी फेर्न नसक्ने र गहना प्रदर्शन गर्न नसक्नेकालागि तीजले खास खुसीको चीज दिन नसकेको हो कि भन्ने भान हुन थालेको छ ।

हुदा खाने वर्ग र हुने खाने वर्गको तीज मनाउने मञ्च फरक हुन थालेपछि त्यसको अन्त्य गर्ने प्रयास झापाको दमकमा देखियो ।

दमकमा केन्द्रिय कार्यालय हिमालयन क्लवले सडक सफाई गर्ने कर्मचारीसँगै बसेर दर खायो । एउटै मञ्चमा नाच्ने र गफ गर्ने कामको थालनी गर्यो ।

यतीमात्रै नभएर त्यो वर्गलाई नयाँ सारी फेर्नै नपाएर तीज खल्लो नहोस भन्नकालागि नयाँ सारी पनि खरिद गरेर तीजको कोशेली प्रदान गर्यो ।

यसरी समाजमा उचित सम्मान नपाएका वर्गलाई सँघै राखेर सम्मान सहितको तीज मनाउने कामको थालनी गरिएको क्लवका केन्द्रिय अध्यक्ष रेवतचन्द्र भण्डारीले बताउनु भयो ।

आज दमकमा नगर प्रमुख राम कुमार थापालाई बोलाएर उहाँकै हातबाट सडक सफा गर्ने कर्मचारी र नगर प्रहरीलाई तीजको कोशेली दिदै वर्ष २०८० सालको तीज मनाइएको भण्डारीको भनाई छ ।

भिडियोमा हेरौ ।

तीजमा समान वर्ग स्थापीत गरिदै, सडक सफा गर्ने र नगर प्रहरीलाई साडी उपहार – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल