दमक/
एक महिना अघी देखी तीज मनाउने परम्परा अहिले झाँगीन थालेको छ । समाजले धनी वर्ग भनेर मानीदिएको त्यो समुदाय विभिन्न पार्टि प्यालेसमा एक महिना अघीदेखीनै जाने र रमाउने गरेका छन् ।
अनी हरेक दिन जसो हुने कार्यक्रममा सँधै नयाँ नयाँ साडी फेरेर लगाउने अर्को चलनले पनि अहिले आधुनिकताका नाममा नयाँ फेसन बढाइरहेको छ । महगा गर गहना प्रर्दशन त हरेक वर्ष चलीनै रहेको छ ।
केहि महिलाहरुको यस्तो व्यवहार र कर्मका कारण सामान्य स्तरका महिलाहरुले सम्मानका साथ तीज मनाउनै पो नपाउने हुन कि भन्ने डर बढीरहेको छ ।
पटकै पिच्छे नयाँ सारी फेर्न नसक्ने र गहना प्रदर्शन गर्न नसक्नेकालागि तीजले खास खुसीको चीज दिन नसकेको हो कि भन्ने भान हुन थालेको छ ।
हुदा खाने वर्ग र हुने खाने वर्गको तीज मनाउने मञ्च फरक हुन थालेपछि त्यसको अन्त्य गर्ने प्रयास झापाको दमकमा देखियो ।
दमकमा केन्द्रिय कार्यालय हिमालयन क्लवले सडक सफाई गर्ने कर्मचारीसँगै बसेर दर खायो । एउटै मञ्चमा नाच्ने र गफ गर्ने कामको थालनी गर्यो ।
यतीमात्रै नभएर त्यो वर्गलाई नयाँ सारी फेर्नै नपाएर तीज खल्लो नहोस भन्नकालागि नयाँ सारी पनि खरिद गरेर तीजको कोशेली प्रदान गर्यो ।
यसरी समाजमा उचित सम्मान नपाएका वर्गलाई सँघै राखेर सम्मान सहितको तीज मनाउने कामको थालनी गरिएको क्लवका केन्द्रिय अध्यक्ष रेवतचन्द्र भण्डारीले बताउनु भयो ।
आज दमकमा नगर प्रमुख राम कुमार थापालाई बोलाएर उहाँकै हातबाट सडक सफा गर्ने कर्मचारी र नगर प्रहरीलाई तीजको कोशेली दिदै वर्ष २०८० सालको तीज मनाइएको भण्डारीको भनाई छ ।
भिडियोमा हेरौ ।
तीजमा समान वर्ग स्थापीत गरिदै, सडक सफा गर्ने र नगर प्रहरीलाई साडी उपहार – YouTube