दमक/
दमकका अग्रज कवि प्रकाश बुढाथोकीको कबिता संग्रह “भुइँकुईरो” को आज बिमोचन गरिएको छ । बरिष्ठ गितकार शिवसंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि बुढाथोकीका नातिनिद्वय अनन्या बुढाथोकी र नुरश्री थापा सहित प्रमुख अतिथि थापाले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भएको हो ।
बिमोचित कबिता संग्रहको युवा कवि दिपा दाहाल, समालोचक कृष्ण बराल र कवि तथा गजलकार केशब आचार्यले परिचर्चा गर्नु भएको थियो । कदम थिएटरले प्रकाशन गरेको कविता संग्रहको बिमोचन कार्यक्रम थिएटरका अध्यक्ष कलाकार हेमन्त बुढाथोकीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा कविता संग्रहका सम्पादक बरिष्ठ पत्रकार राजेश ढुंगानाले कविता संग्रहमा रहेका कविताहरुले समाजलाई कसरी संबोधन गरेका छन् भन्ने बिषयमा चर्चा गर्नु भएको थियो
३५ वटा कविता रहेको “भुइँकुईरो” कविता संग्रह विमोचन कार्यक्रममा कवि बुढाथोकीले आफुले लेखेका कविताहरुको लेखनीका बारेमा जानकारी गराउनु भएको थियो ।