नेपाली भाषा :प्रर्वद्धनमा नेपाली पुस्ताको प्रयोग कसरी बढाउने?(भिडियो वार्ता)

दमक/
तपाई हामीले बोल्ने भाषा अव संकटतर्फपो धकेलीदै छ कि ? सोच्दा सामान्य लाग्न सक्छ तर पछिल्लो समय बोल्ने भाषामा आयातीत भाषा नमिसाउने हो भने आफु ‘पर्फेक्ट’ भइदैन,बनिदैन भन्ने भाष्य निर्माण हुन थालीसक्यो ।

 

अग्रेजी भाषा नमिसाई कहि गफ गर्यो, केहि कुरा लेख्यो भने यहाँ जान्ने कहलिदैन । त्यहि जान्ने बन्नकालागि अग्रेजी तथा अन्य देशका भाषाको शब्द मिसाएर बोल्नै पर्ने ।

 

यसै कारणले गर्दा नेपाली भाषका शब्दहरु बिस्तारै बिस्तारै नौलो बन्दै जाने र प्रयोगमै आउन छोडेपछि बिलिन जस्तै भएर जाने गरेको प्रति दमक क्याम्पसका नेपाली भाषाका प्राध्यापक भूमि प्रसाद दाहाल चिन्ता व्यक्त गर्नु हुन्छ ।

 

उज्यालो खवर डट कमको कार्यालयमै आएर उहाँले वर्तमान परिस्थितीमा नेपाली भाषाको संरक्षण र प्रवर्धन गर्न नयाँ पुस्तालाई अग्रसर बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

 

उहाँ भन्नु हुन्छ ‘साहित्य र सिर्जनामा अधिकमत नयाँ पुस्ता नलाग्ने हो भने न नेपाली भाषा रहन सक्छ न अन्य मातृ भाषानै ।’

 

दाहालसँग गरिएको संवादको भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ ।

Ujyaalo khabar 

नेपाली भाषा नयाँ पुस्तालाई सिकाउनै सकस|| Bhumi prasad Dahal|| ujyaalo khabar||bhumee raz – YouTube

 

 

 

Share: