हात्तीको सास्ती

हात्तीका कारण रातभार जाग्रम

सुनसरी
कोसीटप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूह निस्केर गाउँ पस्न थालेपछि कोसी क्षेत्रका सर्वसाधारण पुसको चिसोमा जाग्राम बस्न बाध्य भएका छन् ।

वर्षौंदेखि भौतिकसँगै मानवीय क्षति गर्दै आएको मकुना हात्तीको मृत्युपश्चात् हात्ती आतङ्क रोकिने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेको छैन । ‘जाडो सुरु भएसँगै मध्यरातमा गाउँ पसेर हात्तीले घर भत्काउने र भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गर्ने क्रम पुनः सुरु भएको छ’ कोसी गाउँपालिका-८ भण्टाबारीस्थित रेल्वे टोलका बिन्दा सरदारले भने, ‘मकुना हात्तीको मृत्युपछि हात्ती आतङ्क रोकिने हामीले अपेक्षा गरेका थियौं तर, त्यस्तो हुन सकेको छैन, कोसीटप्पुबाट निस्केर आउने हात्तीको समूहले पुनः दुःख दिन थालेको छ ।’

पछिल्ला केही दिनमा आरक्षबाट निस्केर आएको हात्तीको समूहले भण्टाबारीका स्थानीय बिन्दा सरदार, हलेसर सरदार, शिवु सरदारलगायतका गरी एकदर्जन घरमा क्षति पुर्याएको छ । हात्तीको समूहले घर तोडफोड गर्दै भण्डारण गरेर राखिएको पाँच क्विन्टल चामल, दुई क्विन्टल गहुँ खाएर नष्ट गरेको बिन्दा सरदारले जानकारी दिए ।

जिल्लाको दक्षिणवर्ती क्षेत्र अन्तर्गत पर्ने कोसी गाउँपालिका दलित, निम्नवर्गीय र पिछडिएको समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यस भेगमा बसोबास गर्नेमध्ये ६० देखि ७५ प्रतिशत सर्वसाधारणको जीविका जनमजदुरीमा निर्भर छ । नियमित काम गर्दा जीविका चलाउन उनीहरूलाई समस्या नभए पनि काम नपाउँदा भने हम्मेहम्मे पर्दछ ।

कोसी गाउँपालिका-८ स्थित भण्टाबारीका हलेसर सरदारले अर्काको खेतमा मजदुरी गर्दै १० मन धान भित्र्याएका थिए । जाडोयाममा केही काम नगरेपनि यसपटक परिवारको गुजारा चल्नेमा उनी विश्वस्त थिए ।

तर, आरक्ष क्षेत्रबाट रातको समयमा निस्केर आएको जङ्गली हात्तीले घरमा भण्डारण गरी राखिएको धान, चामल र गहुँ खाई नष्ट गरिदिनका साथै फुसको घर हात्तीले भत्काइदिँदा खान मात्रै होइन, बस्नसमेत समस्या भएको सरदारले गुनासो गरे । दिनभर आरक्षभित्र बस्ने हात्ती राति मानव बस्तीमा पसेर आतङ्क मच्चाउने गरेका छन् ।

‘जाडोमा काम पाइन्न, पाइहाले पनि गर्ने हिम्मत हुँदैन, दिनदिनै जाडो बढेको छ’ अर्का हात्ती पीडित शिवु सरदारले भने, ‘यस्तो अवस्थामा हामी गरिब कसरी बाँच्ने ?’ उनले हात्ती कतिखेर गाउँ आइपुग्ला भनेर कुर्नु पर्ने भएकाले जाडोमा गरिबलाई ढुक्क साथ बस्ने अवस्था नरहेको बताए । आरक्षबाट निस्केर आउने हात्तीको समूहले किसानले लगाएका मकै, केरा, गहुँ खेती नष्ट गर्नुका साथै घरमा भण्डारण गरी राखिएका धान, चामल, गहुँ खाँदै नष्ट गर्दै कोसी गाउँपालिका क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ