हात्तीको सास्ती

हात्तीका कारण रातभार जाग्रम

सुनसरी
कोसीटप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूह निस्केर गाउँ पस्न थालेपछि कोसी क्षेत्रका सर्वसाधारण पुसको चिसोमा जाग्राम बस्न बाध्य भएका छन् ।

वर्षौंदेखि भौतिकसँगै मानवीय क्षति गर्दै आएको मकुना हात्तीको मृत्युपश्चात् हात्ती आतङ्क रोकिने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेको छैन । ‘जाडो सुरु भएसँगै मध्यरातमा गाउँ पसेर हात्तीले घर भत्काउने र भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गर्ने क्रम पुनः सुरु भएको छ’ कोसी गाउँपालिका-८ भण्टाबारीस्थित रेल्वे टोलका बिन्दा सरदारले भने, ‘मकुना हात्तीको मृत्युपछि हात्ती आतङ्क रोकिने हामीले अपेक्षा गरेका थियौं तर, त्यस्तो हुन सकेको छैन, कोसीटप्पुबाट निस्केर आउने हात्तीको समूहले पुनः दुःख दिन थालेको छ ।’

पछिल्ला केही दिनमा आरक्षबाट निस्केर आएको हात्तीको समूहले भण्टाबारीका स्थानीय बिन्दा सरदार, हलेसर सरदार, शिवु सरदारलगायतका गरी एकदर्जन घरमा क्षति पुर्याएको छ । हात्तीको समूहले घर तोडफोड गर्दै भण्डारण गरेर राखिएको पाँच क्विन्टल चामल, दुई क्विन्टल गहुँ खाएर नष्ट गरेको बिन्दा सरदारले जानकारी दिए ।

जिल्लाको दक्षिणवर्ती क्षेत्र अन्तर्गत पर्ने कोसी गाउँपालिका दलित, निम्नवर्गीय र पिछडिएको समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यस भेगमा बसोबास गर्नेमध्ये ६० देखि ७५ प्रतिशत सर्वसाधारणको जीविका जनमजदुरीमा निर्भर छ । नियमित काम गर्दा जीविका चलाउन उनीहरूलाई समस्या नभए पनि काम नपाउँदा भने हम्मेहम्मे पर्दछ ।

कोसी गाउँपालिका-८ स्थित भण्टाबारीका हलेसर सरदारले अर्काको खेतमा मजदुरी गर्दै १० मन धान भित्र्याएका थिए । जाडोयाममा केही काम नगरेपनि यसपटक परिवारको गुजारा चल्नेमा उनी विश्वस्त थिए ।

तर, आरक्ष क्षेत्रबाट रातको समयमा निस्केर आएको जङ्गली हात्तीले घरमा भण्डारण गरी राखिएको धान, चामल र गहुँ खाई नष्ट गरिदिनका साथै फुसको घर हात्तीले भत्काइदिँदा खान मात्रै होइन, बस्नसमेत समस्या भएको सरदारले गुनासो गरे । दिनभर आरक्षभित्र बस्ने हात्ती राति मानव बस्तीमा पसेर आतङ्क मच्चाउने गरेका छन् ।

‘जाडोमा काम पाइन्न, पाइहाले पनि गर्ने हिम्मत हुँदैन, दिनदिनै जाडो बढेको छ’ अर्का हात्ती पीडित शिवु सरदारले भने, ‘यस्तो अवस्थामा हामी गरिब कसरी बाँच्ने ?’ उनले हात्ती कतिखेर गाउँ आइपुग्ला भनेर कुर्नु पर्ने भएकाले जाडोमा गरिबलाई ढुक्क साथ बस्ने अवस्था नरहेको बताए । आरक्षबाट निस्केर आउने हात्तीको समूहले किसानले लगाएका मकै, केरा, गहुँ खेती नष्ट गर्नुका साथै घरमा भण्डारण गरी राखिएका धान, चामल, गहुँ खाँदै नष्ट गर्दै कोसी गाउँपालिका क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो