डिपिएललाई विद्यालय स्तरमै लैजान सुझाव, पठन मात्रै नभएर लेखनमा समेत अभ्यस्त पार्न अनुरोध

 

दमक/
कोशी प्रदेशका सभामुख अम्बर बिष्टले डिपिएललाई विद्यालय स्तरमै लैजान सुझाव दिनु भएको छ । उहाँले यसको चौथो वार्षिक साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै भन्नु भयो ‘यूवाहरुको यो जमात अव विद्यालय स्तरमा समेत जाओस, त्यहाँ रहेका विद्यार्थीहरुका प्रतिभालाई अझ तिखार्ने काम गरोस ।’ उहाँले भन्नु भयो पहिला पहिला विद्यालय स्तरमा बिभिन्न प्रकारका लेखन प्रतियोगीता हुने गरेको थियो, जसले गर्दा विद्यार्थीहरुमा अध्ययनशीलता बढाइरहेको थियो । तर अहिले त्यस्ता प्रतियोगिता कमै भएको सुन्ने गरिएको छ । अव यो काम डिपिएलले गरोस भन्ने मेरो चाहना हो । ’

शनिबार कमलमा सम्पन्न भएको महाधिबेशनमा बोल्दै उहाँले भन्नु भयो ‘बरु त्यस्ता कार्यक्रम सम्पन्न गर्न आवश्यक पर्ने बजेटको व्यवस्था मिलाउन म कोशी प्रदेश सरकारका विभागीय मन्त्रीज्यूसँग समन्वय समेत गराइदिने छु । ’ विद्यार्थी तथा यूवाहरुमा सकरात्मक सोचको विकास गराउन यस खाले सस्थाहरुको अहम भूमिका हुने भन्दै आफ्नो सकृयतालाई विद्यालय विद्यालय तथा टोल टोलमा लाग्न सभामुख विष्टको सुझव थियो ।

डिपिएलले पायो नयाँ नेतृत्व

यस्तै डाईनामिक पब्लीक लाइब्रेरीले नयाँ नेतृत्व समेत पाएको छ । १२ जनाको नयाँ कार्यसमितीको अध्यक्ष बन्नु भएको छ बालचन्द्र कार्की । उहाँ यस अघी यहाँ बरिष्ठ उपाध्यक्ष रहनु भएको थियो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा अनु भण्डारी चयन हुनु भएको छ भने उपाध्यक्षद्धयमा दिवस खतिवडा र श्रेयसी खतिवडा चयन हुनु भएको छ ।

महासचिवमा महेश भण्डारी चयन हुदा कोषाध्यक्षमा फेरी पनि कमल गैरेनै रहनु भएको छ । उहाँ नि वर्तमान कमिटीको समेत कोषाध्यक्ष रहनु भएको थियो ।

यसै गरि निर्देशकहरुमा जीवन सापकोटा, गुणराज गिरि, प्रवेश दुलाल, विस्वास गौतम, सरु गिरी र आयूष बाटाजु चयन हुनु भएको छ ।

यो कमिटीको एक वर्षको कार्यकाल रहने छ । पठन सस्कृतीको विकास गरि सभ्य र अनुशासीत समाजको परिकल्पना गर्दै आएको यो लाइब्रेरीले पछिल्लो समय यूवा उद्यमी र नेतृत्व विकासमा समेत काम गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल