उष्ण प्रदेशीय रोगहरुका बारेमा चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम (भिडियो सहित)

दमक/
कुष्ठ रोग, हात्तीपाइले, डेंगु, सर्पदंश लगायतका रोग उष्ण प्रदेशीय रोगहरु हुन् । यस्तोमा विरामीले कसरी रेखदेख र उपचार गर्ने धेरै जनामा अन्योलता छ । यही अन्योलताका कारण समस्या देखिए पनि विरामी सहजै उपचारमा जादैनन् । सामाजिक बहिष्करणमा पर्ने डरले कुष्ठ प्रभावित उपचारको दायरामा आउन नै चाहँदैनन् । जसले गर्दा संक्रमण दर बढ्दै जाने समस्या छ । यस्तो समस्या हटाउन झापाको दमकमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।

दमक अस्पतालमा तीन दिन सम्म चल्ने यो कार्यक्रमको आज दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भट्टराईले उद्धघाटन गर्नु भयो । ‘रोगहरुको कुनैपनि सानो र ठुलो भनेर वर्गीकरण नगरी सबै खाले रोगको जोखिमताका बारेमा बिरामीहरुलाई सरल तरिकाले जानकारी गराउन आवश्यक छ ।

त्यस रोग सम्बन्धी पूर्ण जानकारी पाएपछि त्यो रोग लाग्नै नदिन गरिने उपायका बारेमा प्रभावीतहरुलाई जानकारी गराइएमा त्यसबाट हुने क्षतीमा न्यूनिकरण गर्न सकिन्छ ।’ कार्यवहाक नगर प्रमुख भट्टराईको भनाई छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले यस सम्बन्धी सचेतनाका कार्यक्रम समुदायको तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको र त्यसमा सबै स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।

२१ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी शो अभिमुखीकरण कार्यक्रम दमक नगरपालिकाले आयोजना गरेको हो । यसमा एन एल आर नेपाल बिराटनगर, सहारा नेपाल झापा र फेयर मिडको सहकार्य रहेको थियो ।

अभिमुखीकरण फागुन ५ गते सम्म सञ्चालन हुने छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष