दमकमा याक्थुङ साम्लो महोत्सव हुदै, केके हुन्छ त्यहाँ ?(भिडियोमा हेरौ)

दमक/
अहिले दमक महोत्सव चलिरहेको छ । यो महोत्सव सकिएको अर्को एक हप्ता भीत्रैमा दमकमा फेरी अर्को महोत्सव लाग्ने भएको छ । फागुन १२ गते दमक महोत्सव सकिदैछ भने त्यसको ६ दिन पछि अर्थात फागुन १८ र १९ गते दुई दिन सम्म अर्को महोत्सव लाग्ने भएको छ ।

 

याक्थुम साम्लो महोत्सव २०८० नाम दिइएको यो महोत्सवको आयोजना र तयारीका बारेमा आज आयोजकले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको छ ।

 

फक्ताङलुङ सास्कृतिक मञ्चले आयोजना गर्ने यो महोत्सवमा खास गरेर लिम्बु जातीहरुको सस्कार र सस्कृतीका बारेमा प्रर्दशनी गरिने छ ।

यो जातीभित्रका बिभिन्न गीत संगीतहरु लोप हुन थालेको र त्यसको संरक्षणका साथै प्रर्वधन समेत गर्न यो महोत्सत्कवको आयोजना गरिएको आयोजक मुल समितीका संयोजक तथा सस्थाका अध्यक्ष समेत रहनु भएका पूर्ण कुमार सेर्मा(यादन)ले दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिनु भयो ।

 

उहाँका अनुसार यो महोत्सवमा याक्थुम लिम्बुहरुको मौलीक सस्कृती तथा मुन्धुमी लोक साम्लो, गीतको रुपमा विद्यमान रहेका पालम, ख्याली, हाक्फारे, माङसिवाखाहुन, सेवा साम्लो, माङलाङ, केलाङ, येबालाङ, थेबालाङ, युमालाङ साथै लोपोन्मुख अवस्थामा रहेका ताम्के, याःसाम्लो,माङघ,नुवापमा सिमेरिड लगायत सास्कृतीक प्रस्तुती रहने छ ।

 

साथै याक्थुम लिम्बुहरुको मौलिक सस्कृती सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

भिडियोमा हेरौ

https://youtu.be/e6dqCKXwDg8

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग