दमक हस्पिटलमा इण्डोस्कोपिक अल्ट्रा साउण्डको सेवा विस्तार

दमक/
ग्यास्ट्रिकका विरामीको रोग पत्ता लगाउन दमक ८ मा रहेको दमक हस्पिटलमा इन्डोस्कोपिक अन्ट्रा साउण्ड सेवाको बिस्तार हुने भएको छ ।

 

ईयुएस. अर्थात् इण्डोस्कोपिक अल्ट्रासाउण्ड मेसिन पेटभित्रका कतिपय रोगहरूको सही पहिचानका लागि भरपर्दो प्रविधि रहेको हस्पिटलका वरिष्ठ फिजिसियन डा. निरज आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार सामान्यतया अल्ट्रासाउण्ड शरीर बाहिरबाट गरिएपनि इण्डोस्कोपीले शरीरभित्रको रोगको अवस्था पत्ता लगाउन सकिन्छ ।

 

इण्डोस्कोपिक अल्ट्रासाउण्डमा भने इण्डोस्कोपीमै अस्ट्रासाउण्ड मेसिन जडान गरिएको हुन्छ । ईयुएसकै सहयोगले पेटभित्रै इण्डोस्कोपी गर्न सक्ने प्रविधी दमक हस्पिटलमा उपलब्ध भएको यहाँका अध्यक्ष सरीता न्यौपानेले जानकारी दिनु भयो ।

 

यो सम्बन्धीको सेवा अव दमक हस्पिटलमा हरेक दिन बिहान ७ बजे देखी ८ः३० बजे सम्म डा. आचार्यले आएर दिनु हुने छ ।

 

स्वास्थ्य बिमा समेत कार्यान्वायन रहेको यो अस्पतालमा पेट सम्बन्धी रोग तथा बिराम भएका सेवाग्रहीहरुलाई इन्डोस्कोपीक मेसीनले थप सहजता दिने विस्वास रहेको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष