दमक/
ग्यास्ट्रिकका विरामीको रोग पत्ता लगाउन दमक ८ मा रहेको दमक हस्पिटलमा इन्डोस्कोपिक अन्ट्रा साउण्ड सेवाको बिस्तार हुने भएको छ ।
ईयुएस. अर्थात् इण्डोस्कोपिक अल्ट्रासाउण्ड मेसिन पेटभित्रका कतिपय रोगहरूको सही पहिचानका लागि भरपर्दो प्रविधि रहेको हस्पिटलका वरिष्ठ फिजिसियन डा. निरज आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार सामान्यतया अल्ट्रासाउण्ड शरीर बाहिरबाट गरिएपनि इण्डोस्कोपीले शरीरभित्रको रोगको अवस्था पत्ता लगाउन सकिन्छ ।
इण्डोस्कोपिक अल्ट्रासाउण्डमा भने इण्डोस्कोपीमै अस्ट्रासाउण्ड मेसिन जडान गरिएको हुन्छ । ईयुएसकै सहयोगले पेटभित्रै इण्डोस्कोपी गर्न सक्ने प्रविधी दमक हस्पिटलमा उपलब्ध भएको यहाँका अध्यक्ष सरीता न्यौपानेले जानकारी दिनु भयो ।
यो सम्बन्धीको सेवा अव दमक हस्पिटलमा हरेक दिन बिहान ७ बजे देखी ८ः३० बजे सम्म डा. आचार्यले आएर दिनु हुने छ ।
स्वास्थ्य बिमा समेत कार्यान्वायन रहेको यो अस्पतालमा पेट सम्बन्धी रोग तथा बिराम भएका सेवाग्रहीहरुलाई इन्डोस्कोपीक मेसीनले थप सहजता दिने विस्वास रहेको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।