सेति नदिमा माछा मार्न गएको एक जनाको मृत्यु एक जना लापता।

कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ ।

 

माछा मार्न गएका ५ जनामध्ये  सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो । सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले  खोजी कार्य जारी राखेको छ ।

 

शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp