सिन्धुलीको सुनकोशीमा टेलिकम टावरमा कुकर वम विस्फोट

अज्ञात समूहले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरप् शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् ।

 

विस्फोटबाट बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरी पुगेका थिए ।

 

सिन्धुली प्रहरीका प्रवक्ता एवं डीएसपी चिरञ्जीवी दाहालका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर वम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले बरामद गरेको छ । विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु