कम उमेरमै दाँत फेरीने समस्याःयसले जटिलता निम्ताउने चिकित्सकको चीन्ता(भिडियोमा हेरौ)

 

दमक/

बालबालिकाहरुको दाँतमा समस्या हुन सक्छ । किनकी उनीहरु आफै त्यसको संरक्षण गर्न जान्दैनन । पूर्ण रुपमा सरसफाई गर्न सक्दैनन । के खाने, कस्तो खाने, के खादा दाँतमा असर पार्छ जस्ता कुराको कुनै प्रवाह नै नगरी उनी मन लागेका खानेकुराहरुपनि खाने पर्छन ।

 

दमक स्थित ओम शान्त्ती डेण्टल हस्पिटलका दाँत रोग विषेशज्ञ डा. स्मारक दाहाल भन्नु हुन्छ ‘सायद खानपान नमिलेर हो कि अहिले बालबाबालिकाहरुमा दाँत झर्ने समस्या धेरै छ । १४ वर्ष मा मात्रै झरेर फेरीनु पर्ने दाँत अहिले ६÷७ वर्षका बालबालिकाको पनि झर्न थालेको छ । यो समस्या हो ।

 

अभिभावकहरुले बालबालिकाले दाँत माझ्दा कसरी ब्रसको प्रयोग गरीरहेका हुन्छन् ? दाँतमा केहि देखिरहिएको छ कि भन्ने कुराको याद नगरेर पनि कलिलैमा दाँत झर्ने गरेको डा. दाहालको भनाई छ । भन्नु हुन्छ ‘दाँत जव खुख्छ अनी मात्रै हस्पिटलमा लगेर देखाउने चलन छ । जुन गलत हो । दाँतमा समस्या आउनै नदिन त्यसको स्थितीबारेमा जानकार भइरहन पनि समय समयमा यस सम्बन्धीका बिज्ञहरुलाई देखाइरहन पर्छ । ’

 

यही कुराको मद्यनजर गर्दै दमक ८ मा रहेको रोजीएट ब्राईट इङलिस स्कुलले आफ्ना विद्यार्थीहरुको दाँतको स्थिती बारेमा थाह पाउन निशुल्क शिविरनै आयोजना गर्यो । यसका अध्यक्ष सुर्य कट्वालले विद्यार्थीहरुको स्वास्थ्य स्थिती बारेमा थाह पाइरहन र त्यसबारेमा अभिभावकलाई सहजग गराउन यस खाले शिविरहरु गरिरहिएको हो । यहि क्रममा आईतबार दाँत र आँखाको शिविर आयोजना गरीएको अध्यक्ष कट्वालले जानकारी दिनु भयो ।

 

यो विद्यालयमा करिव ५ सय जना विद्यार्थीहरु अध्ययन गर्छन । उनीहरु सबैको आईतबार दाँत र आँखाको निशुल्क परिक्षण गराइएको छ । उनीहरुलाई थप उपचार गराउनु परेमा शिविरमा प्राविधिक सहयोग गर्ने स्वास्स्थ्य स्वास्थ्य सस्थाहरु ओम शान्त्ती डेण्टल हस्पिटल मेची नेत्रालयले २० प्रतिशत छुट समेत प्रदान गर्ने जनाइएको छ । ओम शान्त्ती डेण्टल हस्पिटलमा चाहि ओपीडि र दाँतको एक्सरेमा सशत प्रतिशत छुटको समेत सुविधा दिइएको यसका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष