‘महिलामा हुने क्यान्सर निको हुन्छ तर आत्तीनु भएन’ (भिडियोमा हेरौ)

pathegharako mukhako cancer

दमक/
महिलाहरुमा खासगरी छाती र पाठेघरको मुखको क्यान्सर बढि मात्रामा हुने गरेको छ । विस्व स्वास्थ्य संगठनका अनुसार पनि छाती पछि धरै महिलामा पाठेघरको मुखको क्यान्सका पीडीतहरु बढिरहेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५ देखी ४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

 

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

तर यदी यसलाई समयमै पहिचान गर्न सके ठुलो जोखिम बहन गर्न चाहि पर्दैन । यसबाट जोगिनका लागि पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ। भ्mापा स्थित दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार भिआइए परीक्षण गर्नुपर्छ त्यसमा नराम्रो कोषिकाहरू बढेको छ कि छैन पत्ता लगाउनुपर्छ। एचपीबी डिएनएको पनि परीक्षण गर्नुपर्छ। यसको परीक्षणले भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। जसले गर्दा पाँचदेखि १० वर्षको बीचमा क्यान्सर लाग्छ कि लग्दैन भनेर अनुमान गर्न सकिन्छ। त्यसैले हरेक महिलाहरूले यसको परीक्षण गर्नुपर्छ।

नेपालमा यसका रोगीको संख्या यति नै छन् भन्ने आधिकारिक तथ्यांक छैन। यही समस्याका कारण महिलाहरूको सबभन्दा बढी मृत्यु हुने गरेको छ। महिलाको मृत्युको दोस्रो कारण स्तन क्यान्सर हो। हरेक वर्ष २ हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकले देखाएको छ।

त्यसमध्येमा १ हजार महिलाको त्यही रोगका कारण मृत्यु हुने गरेको छ। त्यसैले दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई भन्नु हुन्छ अव स्वास्थ्यमा कोहि पनि हेलचेक्राई नगरौ, स्थानीय सरकार पनि यसमा जिम्मेवार बनेको छ । भिआईए परिक्षणलाई तिव्रता दिएर यो रोगको पहिचानलाई बिस्तार गरी यसको रोकथाममा हामी लागी पर्न थालेका छौ ।’

मंगलबार दमक नगरपालिका वडा नं ६ मा महिलाहरुको आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गरी प्रषव तथा फिस्टुला स्तन क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर भयो ।यसले वडा देखी नगरमा रहेका महिलाहरुको स्वास्स्थ्य स्थित के रहेछ भन्ने कुराको पहिचान गर्न मद्यत पुगेको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो । ।

शिविरमा १०६ जनाले स्वास्थय सेवा लिनु भएको थियो । ।जसमध्ये ८६ जनाको भिआईए र ३० जनाको यू एस जी परिक्षण गरिएको थियो ।

भिडियोमा हेरौ

https://youtu.be/j4v59WaL5x0

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन