शिक्षक बाट यातना

शिक्षक बाट असुरक्षीतबन्दै विद्यार्थी

सुुन्सरी।धरान-१५ स्थित नवज्योति स्कुलकी शिक्षिका सुरक्षा लिम्बूले शारीरिक यातना दिँदा आधारभूत कक्षाकी एक छात्रा गम्भीर घाइते बनेकी छन् ।
घाइते विद्यार्थीको विजयपुर अस्पतालमा उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । कक्षा ४ मा अध्ययनरत ११ वर्षीया विद्यार्थी मानसी चौधरीलाई गृहकार्य नगरेको भन्दै शारीरिक यातना दिइन् । गृहकार्य नगरेको भन्दै १ सय ५० पटक उठबस गर्न लगाएको पीडित विद्यार्थीले  बताइन् ।

उनका अनुसार शिक्षिकाले श्वास फेर्न नै गाह्रो हुने गरी यातना दिएको बताइन् । उनले भनिन्, ‘उठबस गर्दागर्दै सास फेर्न गाह्रो भयो । तर, मिसले मलाई गराएको गराई गर्नुभयो ।’ जसका कारणले मेरा खुट्टा चल्न छाडेका छन् ।’ मानसीका बुबा शम्भुराम चौधरीले स्कुलका शिक्षिकाले मरणासन्न हुने यातना दिएको कारणले छोरी गम्भीर घाइते भएको बताए ।

उनले शुक्रबार यातना दिएको विषयमा छलफल गर्दा तत्कालीन समयमा शिक्षिकाले उठबस गराएका स्वीकार्दै माफी मागेको बताए । यातना दिइए पनि सामान्य होला भनी २ दिनसम्म घरमै आराम गराएको भए पनि दिनदिनै समस्या बढ्दैगएपछि उपचारमा लानुपर्ने अवस्था आएको शम्भुरामले बताए । शुक्रबार स्कुलमा गएर छलफल गर्दा ३ हजार रुपैयाँ उपचारका लागि दिएको उनले बताए ।

परिवारले मानसीलाई शुक्रबार विजयपुर अस्पताल भर्ना गरेका थिए । विजयपुर अस्पतालले उपचार सम्भव नहुने बताएपछि बीपी प्रतिष्ठान लगिएको उनले बताए । उनले भने, ‘उपचार गर्नू, बिलहरू स्कुलमा ल्याउनू भनेका छन् ।’ मानसीकी आमाले छोरी झन् साह्रो भएपछि मेडिकलमा गएर औषधि खाँदा पनि ठीक नभएपछि अस्पताल ल्याएको बताइन् ।

शम्भुरामले उपचारमा कति लाग्छ, सबै खर्च स्कुलले व्यहोर्नुपर्ने बताए । उनले भने, ‘स्कुल पढ्न पठाएको थिएँ, यातना दिएर अपाङ्ग बनाउन होइन ।’ उनले छोरीको उपचारमा लाग्ने सम्पुणर् खर्च स्कुलले व्यहोर्नु पर्ने, यातना दिने शिक्षिकालाई कारबाही गर्नुपर्ने र छोरीलाई ठीक नभएमा त्यसको जिम्मा स्कुलले लिनुपर्ने माग गरे । उनले भने, ‘छोरीको उपचार गर्नुपर्छ । शिक्षिकालाई कारबाही गरी निष्कासन गर्नुपर्छ । छोरी पूणर् निको नभए वा केही भएमा जिम्मेवारी लिनुपर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता