गठबन्धनको आलोचना

`बिपक्षी दलको विरुद्धमा गठबन्धन बनेको कहि देख्नु भएको छ?´ : खरेल

दमक/

बिपक्षी बिरुद्धको गठबन्धन बिस्वको कुनै पनि मुलुकमा नबनेको तर नेपालमा मात यस्तो भएको नेकपा एमालेका स्थाई कमिटी समिति सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले बताउनु भएको छ । सोमबार झापाको गौरादहमा आयोजित प्रेस चौतारी नेपाल झापा साखाको नवौ अधिवेशनको उद्घाटन समारोहमा सुभकामना मन्तब्य दिदै उहाले यस्तो बताउनु भएको हो । सरकारको विरुद्धमा अधिकांस मुलुकमा गठबन्धन बन्ने विश्व राजनैतिक परम्परा भए पनि नेपालमा भने त्यसको ठिक बिपरित भएको नेता खरेलको टिप्पणी थियो । ‘ बिस्वको कुन देशमा सरकारको प्रतिपक्षमा रहेको पार्टी विरुद्ध गठबन्धन भएको छ? ‘ प्रश्न गर्दै उहाले भन्नू भयो ‘ कहि नभएको पद्धति र तरिका नेपाली राजनीतिमा देखिएको छ यो विश्व राजनीतिमै बिरलै हुने छ । ‘
५ दलिय गठबन्धनबाट बनेको सरकार प्रतिपक्षको प्रतिवाद गर्न नसकेकोले हरेक कुरामा गठबन्धनको मात्रै धक्कु लगाउने गरेको अधिबेशनका प्रमुख अतिथी रहनु भएका पार्टीका उप महासचिव तथा प्रचार प्रसार बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । तर गठबन्धनवाट बनेको सरकारले जनताको आशा र अपेक्षा पूरा गर्न नसक्ने भन्दै उहाले आम जनताले पुनः एमालेकै नेतृत्वमा सरकार बनेको हेर्न चाहेको पनि उल्लेख गर्नु भयो ।
प्रेस चौतारी नेपाल झापाको यो अधिवेशनले नया नेतृत्व पनि चयन गर्ने जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।