गठबन्धनको आलोचना

`बिपक्षी दलको विरुद्धमा गठबन्धन बनेको कहि देख्नु भएको छ?´ : खरेल

दमक/

बिपक्षी बिरुद्धको गठबन्धन बिस्वको कुनै पनि मुलुकमा नबनेको तर नेपालमा मात यस्तो भएको नेकपा एमालेका स्थाई कमिटी समिति सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले बताउनु भएको छ । सोमबार झापाको गौरादहमा आयोजित प्रेस चौतारी नेपाल झापा साखाको नवौ अधिवेशनको उद्घाटन समारोहमा सुभकामना मन्तब्य दिदै उहाले यस्तो बताउनु भएको हो । सरकारको विरुद्धमा अधिकांस मुलुकमा गठबन्धन बन्ने विश्व राजनैतिक परम्परा भए पनि नेपालमा भने त्यसको ठिक बिपरित भएको नेता खरेलको टिप्पणी थियो । ‘ बिस्वको कुन देशमा सरकारको प्रतिपक्षमा रहेको पार्टी विरुद्ध गठबन्धन भएको छ? ‘ प्रश्न गर्दै उहाले भन्नू भयो ‘ कहि नभएको पद्धति र तरिका नेपाली राजनीतिमा देखिएको छ यो विश्व राजनीतिमै बिरलै हुने छ । ‘
५ दलिय गठबन्धनबाट बनेको सरकार प्रतिपक्षको प्रतिवाद गर्न नसकेकोले हरेक कुरामा गठबन्धनको मात्रै धक्कु लगाउने गरेको अधिबेशनका प्रमुख अतिथी रहनु भएका पार्टीका उप महासचिव तथा प्रचार प्रसार बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । तर गठबन्धनवाट बनेको सरकारले जनताको आशा र अपेक्षा पूरा गर्न नसक्ने भन्दै उहाले आम जनताले पुनः एमालेकै नेतृत्वमा सरकार बनेको हेर्न चाहेको पनि उल्लेख गर्नु भयो ।
प्रेस चौतारी नेपाल झापाको यो अधिवेशनले नया नेतृत्व पनि चयन गर्ने जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु