दमकको आम्दा अस्पतालमा बनेको ‘एच डि यू’भवन कस्तो छ ?

 

दमक/
झापाको दमक २ मा रहेको आम्दा अस्पताल , एक सामुदायीक अस्तापल हो । यो अस्पताल दमकमा आउँदा सुरुमा भुटानी शरणार्थाीहरुको उपचार गर्न भन्दै स्थापना भएको थियो ।

पछिल्लो समय भुटानी शरणार्थी तेस्रो मुलुक गएर पुनःस्र्थापीत भइसकेपछि यो अस्पताल अहिले सामुदायीक रुपमा सञ्चालन भइरहेको छ ।
पहिला भुटानी शरणार्थीको उपचार गर्ने भन्दा बिभिन्न दाता तथा सहयोगीहरुले यहाँको सेवा बिस्तार गर्न सहयोग गर्ने गरेका थीए । उपकरण खरिद देखी विषेशज्ञ चिकित्सकहरु सम्म दाताहरुकै सहयोगले चलेको थियो यो अस्पताल ।

अहिले भने भुटानी शरणार्थी समेत नभएपिछ यो अस्पतालमा दाताहरु प्नि घटे । तर दाता घटेपनि आम सर्वसाधारणको स्वास्थ्य उपचारमा भने अस्पतालले कुनैपनि कमी गराएन ।

अस्पताल चलीरहेको छ । बिभिन्न आरोह र अवरोह पार गर्दै नै भएपनि । सेवाहरुलाई थप गुणस्तरीय बनाइनै रहेको पनि छ । विषेशज्ञ चिकित्सकहरुले दैनिक सेवा दिइनै रहेका छन् । यहाँको अभाव र आवश्कतालाई मद्यजनर गर्दै समुदाय स्तरबाट सहयोग पनि मिल्ने पनि गरेको छ ।

यही क्रममा यहाँ अघिल्लो साता नयाँ एच डि यू को भवन उद्धघाटन गरिएको छ । यो भवन चाहि लाइन्स इन्टरनेशनल फाउण्डेशनले बनाइदिएको हो । र यसको बिधिवतरुपमा लाइन्स इन्टरनेशनल फाउण्डेशनले आम्दा अस्पताललाई हस्तान्तरण गरेको छ ।

दमकका लायन्सकर्मीहरुको पहलमा यहाँ यस अघीपनि लाइन्स इमरजेन्सी वार्डपनि बनिसकेको छ । अस्पतालमा लायन्सयको यो दोस्रो प्रोजेक्ट हो । लायन्सकर्मी दिवस राई भन्नु हुन्छ ‘ १७ लाख ३८ हजार ९४० रुपैँया यो भवन मात्रै बनाउन खर्च भएको छ । यसमा अझै टाली र रङ्ग लगाउन बाँकी नै छ । उहाँले बताउनु भयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्मा भन्नु हुन्छ ‘आम्दा अस्पताल दमक एक गैर नाफामुलक सस्था हो । यो सस्थालाई अहिले कुनै पनि दाताको सहयोग आउँदैन । समुदाय स्तरबाट प्राप्त भएका सहयोगकै कारण अहिले सम्म यहाँबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौ । लायन्सकर्मीहरुले यस अघी बनाइदिएको इमर्जेन्सी वार्डले अहिले यहाँ आउने बिरामीहरुलाई सहज बनाइदिएको स्मरण गर्दै डा. शर्माले भन्नु भयो त्यसले हामीलाई कोभिड जित्न मद्यत गर्यो , त्यो भवनकै कारण हामीले धेरै बिरामीको उपचार गर्न सक्यौ । सायद त्यो भवन थीएन भने हामीलेल धेरै बिरामी यहाँबाट फर्काउनु पर्ने स्थिती हुन सक्थ्यो । अहिले बनेको एच डि यूको भवनले पनि यहाँ आउने बिरामीहरुलाई सहजता दिने छ । अव यसको सञ्चालन गर्न अस्पताल प्रतिवद्ध रहेको र सहयोग गर्ने सबैलाई डा. शर्माले आभार पनि व्यक्त गर्नु भएको थियो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने अभियान अन्र्तगतनै आम्दा अस्पताल दमकमा दुईवटा भवन बनेका हुन । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का पूर्व डिस्ट्रिक गभर्नर लायन्कर्मी रेवत कार्कीको पालामा सुरु भएको यो भवन अहिले सम्पन्न भयो । यहाँ यस अघीपनि यहाँ इमर्जेन्सी भवन चाहिएको छ भन्ने कुराको आभास यही कार्यरत स्टाफ नर्स तथा लायन्सकर्मी कमला घिमिरेले गराउनु भएको थियो भने अहिले बनेको यो एच डि यू भवनको आवश्यकताको अनुभुती पनि उहाँलेनै गराउनु भएको थियो । उहाँले लायन्सका बिभिन्न तहका नेतृत्वलाई प्रस्ताव गरेपछि यसलाई एउटा प्रोजेक्टको रुपमा मुर्त रुप दिन दमकमा रहेका लायन्सकर्मीहरुको सकृयता साथै लाइन्स इन्टरनेशनल फाण्उडेशनबाट पनि बजेट ल्याइ अहिले काम सम्पन्न गरिएको छ । यसले अस्पतालको सेवा बिस्तारमा केहि न केहि भएपनि लायन्सको पनि भूमिका देखिएको पूर्व गभर्नर कार्कीको भनाई छ ।

यो भवनको बुधबार इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का वर्तमान डिस्ट्रिक गभर्नर विजयीहरी शर्मा,पूर्व डिस्ट्रिक गभर्नरहरु धिरज गुरुङ, फूलकुमार लावती र इन्द्र खत्रीको पनि उपस्थिती रहेको थियो । साथै दमकमा रहेका बिभिन्न सकृय लायन्स क्लवका प्रतिनिधी तथा अन्य लायन्स लिडरहरु सहभागी भएका थीए ।
भिडियो हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म