दमकमा एकैदिन भएका दुई स्वास्थ्य शिविर, कहाँ कस्तो सुविधा ?

 

दमक/
दमकमा शनिबार दुई ठाउँमा स्वास्थ्य शिविर भयो । त्यो पनि आयोजक एउटैको ।

एउटा ठाउँ हो दमक २ स्थित त्रीपुरेस्वर मन्दिर प्राङ्गण । अर्को चाहि दमक ४ स्थित त्रीपुरेस्वर मन्दिरमै ।

कार्यक्रम हुने स्थान एउटै भएपनि क्षेत्र चाहि फरक हो । तर संयोग यी दुवै कार्यक्रम एकै सस्थाले आयोजना गरेको हो ।

त्यो हो दमक जेष्ठ अभिभावक समाज । यसको वडागत रुपमा निर्माण भएका वडा कमिटीहरुले काम हरेक महिना यस खाले शिविर गर्ने गर्दछन् ।
यसै क्रममा शनिबार वडा नं २ र ४ को वडा समितीले दाँत र आँखा सम्बन्धीको स्वास्थ्य शिविर सम्पन्न गर्योे ।

वडा नं २ कमिटी अध्यक्ष प्रनिता पौडेललका अनुसार हरेक वर्गका नागरीकमा सहज स्वास्थ्य सेवा पुगोस भन्ने उद्धेस्यले यो शिविर गरिएको हो । यस्तै दमक ४ कमिटी अध्यक्ष सबीता पोखरेले भन्नु हुन्छ‘कतिपय जेष्ठ नागरीकको आफन्त पनि यहाँ हुनुहुन्न । उपचार गराउन जान पाइरहनु भएको थीएन । हामीले शिविर आयोजना गर्दा उहाँहरुलाई सहज भयो ।

उसो त यहाँ स्वास्थ्य परिक्षण गराउन आउनेहरु पनि अधिकांश जेष्ठ नागरीकनै थीए । गाउँमै शिविर आएकोमा उनीहरु दंग थीए । शिविर आयोजना गर्ने र शिविरमा आएर स्वास्थ्य सेवा दिने सस्थाहरुलाई उनीहरुले धन्वयाद व्यक्त गरिरहेका थीए ।

दमक २ मा सम्पन्न भएको शिविरमा दाँत तर्फ ओम शान्त्ती डेण्टल हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा आउनेहरुको अतिरिक्त सुविधा लिन परेमा ओपीडीमा निशुल्क देखी अन्य उपचारमा २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।

 

यस्तै दमक ४ मा आमा डेण्टल केयर प्रालिले दाँत सम्बन्धीको विज्ञ सहित लगेर शिविरमा प्राविधिक सहयोग गरेको थियो । यो शिविरमा जटिल समस्या देखिएका बिरामी क्लिनीकमै आएर उपचार गर्दा १० देखी ५० प्रतिशित सम्म छुट र एक हप्ता सम्म ओपीडीमा सत प्रतिशत छुटको व्यवस्था मिलाइएको यसका सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।

 

यस्तै आँखा सम्बन्धी क्रमश बिर्ताज्योती र मेची नेत्रालयले प्राविधिक सहयोग गरेका थीए ।

भिडियो रिपोर्ट हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

https://youtu.be/r9Wkn-kknlA?si=_WJ7hXhFKxs3TtJ4

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म