दमक/
दमक नगरभीत्र अहिले योगका अभ्यासहरु जताततै हुने गरेका छन् । विभिन्न सघं सस्थाहरुले समन्वय गरेर आम नागरिकलाई योग अभ्यासमा जोडीरहेका छन् ।
दमकको दिपिनी आधारभूत विद्यालय, धनेस्वर सहकारी, बिभिन्न स्थानका मन्दिरहरुको हल , सुर्यदर्शन र स्वणर् लक्ष्मी सहकारी लगायतको सभाहलमा नियमीत रुपमा योगका अभ्यास हुने गरेको छ ।
वित्तिय सस्थाले आफै समन्वय गर्दै सदस्यहरुलाई योगमा जोडीरहेका छन् । विभिन्न सामाजीक सघं सस्थाहरुले पनि योगमा आउन भन्दै प्रेरीत गरिरहेका छन् ।
श्रोत साधनमा कहि कमि भयो भने वडा सरकार तथा नगर सरकारसग आफ्ना मागहरु लिएर गएर भएपनि योग साधनामा कमि नआउने गरि काम गरिरहेको पतञ्जली योग दमक नगर समिती नेपालका महामन्त्री धनपति ओडारीले जानकारी दिनु भयो ।
गाउँ शहर नगर , योगको रहर भन्दै आज दशौ अन्तरािष्ट्रय योग दिवस मनाउदै दमक चोकमा प्रभातफेरी पनि गरियो ।
एक हजार भन्दा बढिको सहभागीताले पनि दमकमा योग प्रतिको आकर्षण बढ्दै गएको र यसमा सरकारले केहि चासो राख्ने हो भने दमकलाई योग नगरी घोषणा गर्न सकिने ओडारीको भनाई छ । यो लक्ष्य पुरा गर्न आफुहरु लागी परिरहेको पनि उहाँले बताउनु भयो ।
यसै सन्दर्भमा आज दमकमा बिभिन्न स्थनमा योग सम्बन्धीका कार्यक्रमहरु भए । सुर्यदर्शन योग साधना केन्द्र एव दमक मारबाडी युबा समितिको सयुक्त योग दिवस मनायो ।
एक सय जना भन्दा बढिको उपस्थीतीमा सम्पन्न भएको कार्यक्रममा अन्जली श्रेष्ठले योगको कक्षा सन्चालन गर्नु भएको थियो ।
कसरी गर्ने त योग ?
योग र स्वास्थ्य
योगमा धेरै शारीरिक व्यायाम छन् जसलाई हामी आसन भन्छौं । पहिले हाम्रो आचरण र विचारहरु सुधार्ने । शरीर र विचारहरुलाई शुद्धिकरण गरिसकेपछि शारीरीक व्यायामहरु गर्ने । योगका बारेमा अहिले त लाखौं रिसर्चहरु भइसकेका छन् । त्यसमा के भनिएको छ योगले मान्छेको ५ वटा तहमा काम गर्न सक्छ ।
शारीरीक तह
यदि कसैको बिपी बढेको या घटेको छ भने त्यसलाई नियन्त्रण गर्ने, सुगर नियन्त्रण गर्ने, मांसपेशीलाई सुदृढ बनाउने, हड्डिहरुलाई बलियो बनाउने, आन्तरिक अङ्गहरुलाई व्यायाम दिन सक्ने लगायत धेरै रोगहरु निको पार्न यसले सहयोग गर्छ ।
मानसिक तह
मानसिक रपमा पनि यसले धेरै लाभ दिन्छ । जस्तै मनलाई एकाग्रता गर्न, तनाव कम गर्न, शान्त हुनका लागि पनि योग अभ्यास गर्न सकिन्छ ।
सामाजिक तह
मनिस एउटा सामाजिक प्राणी भएकाले शारीरिक र मानसिक सँगै सामाजिक रुपमा पनि स्वस्थ हुन आवश्यक छ । जुन योगले गराउँछ । त्यस्तै आध्यात्मिक तह र भावनात्मक तहमा पनि योगले सहयोग पुर्याउँछ । यी भनेका स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । त्यति मात्रै नभएर कस्तो व्यक्तिले कस्तो खाना खाने भन्ने विज्ञान पनि यससँग जोडिएकाले यसले पुणर् रुपमा स्वस्थ रहन सहयोग पुर्याउँछ ।
योगका आसनहरु
योगका धेरै आसनहरु छन् । जुन बसेर, सुतेर विभिन्न तरिकाले गर्न सकिन्छ । उसो त योगमा २४ कोटी आसन हुन्छन् भनिन्छ । तर ती आसनलाई विभिन्न समूहमा राखेर गर्दा बसेर, सुतेर, घोप्टो सुतेर, टाउको तल खुट्टा माथी राखेर गर्ने आसन छन् । त्यसका साथसाथै एउटा आसन छ जसलाई ध्यान गर्ने आसन भनिन्छ ।
यी हरेक समूहबाट एक जनाले हरेक दिन ५ वटा सम्म गर्न आसन गर्न सक्छन् । जसले शारिरीक तथा मानसिक रुपमा फाइदा पुर्याउँछ ।
Vodeo