प्रदेशस्तरको ‘व्यूटि प्याजेण्ट’का बिजेताहरु अन्तराष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागीता जनाउँदै

दमक/ रोष्नी दर्नाल उमेर १७, वर्ष । २०२२ मा झापा दमकमा सम्पन्न भएको मिस आर्टीसीको बिजेता , लक्सी श्रेष्ठ, उमेर १२ वर्ष, सन् २०२३ मा भएको सोहि प्रतियोगीता अन्तर्गतको जुनीयर बिजेता अनी सन् २०२३मै भएको सोहि प्रतियोगतामा अर्गनाईजर च्वाईजमा पर्न सफल ११ वर्षे संजीता मगर ।

यीनीहरुको उमेर सानै छ । तर सानै उमेरमा पनि स्थानीय स्तरमा हुने सौन्दर्य प्रतियोगीतामा भाग लीए । क्षमता विकास गरे । बिजेता र अन्य बिधागत बिजेता पनि बने । यस्ता खाले प्रतियोगीता यहाँ धेरै हुन्छन् । बिजेता पनि बन्छन् । केहि को त बिजेता बन्ने बेलामा आयोजक नै फरार भइपनि दिन्छन् । तर मिस्ट आर्टीसिले भने प्रतियोगीतामा सहभागी भएकाहरुको क्षमता विकास गराउने , बिजेताहरुसग निरन्तर सम्पर्क गरीरहने, यस भन्दा माथी हुने प्रतियोगीतामा सहभागी पनि गराउने गरेको छ ।

यसका कार्यकारी अधिकृत प्रविण पाठकले उल्लेखीत बिजेताहरुलाई राष्ट्रिय स्तरको प्रतियोगीतामा मात्रै नभएर अन्तराष्ट्रिय स्तरको प्रतियोगीतामा नै सहभागी गराउँदै हुनुहुन्छ ।

८ जुन २०२४ देखी १५ तारीख सम्म थाईल्याण्डमा हुन लागेको टीन स्टार इन्टरनेशन २०२४ मा नेपालकै प्रतिनिधीत्व गर्दै रोष्नी ,लक्सी र संजीता नेपालकै प्रतिनिधीत्व गर्दै थाइल्याण्ड जादै छन् । यसबारेमा थाप जानकारी दिदै पाठक भन्नु हुन्छ यो हाम्रालागी निकै गौरवको प्रतियोगीता हो । प्रदेश स्तरमा भएका प्रतियोगीताबाट बिजेता बनेकाहरुले अन्तराष्ट्रिय प्रतियोगीताको मञ्च पाउनु भनेको यो नयाँ सफलता हो ।

यी तीन जनालाई थाइल्याण्ड पठाउने बारेमा पाठकले पत्रकार सम्मेलन गरेरनै घोषणा गर्नु भएको हो । दमक फन पार्कमा सो घोषणा कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक समितीहरुको पनि सहभागीता रहेको थियो । सो कार्यक्रममा सहभागी भएका प्रधानाध्यापकहरुले प्रतियोगीतामा सहभागी बन्न जान लागेका प्रतियोगीहरुलाई जीतको सुभकामना व्यक्त गर्नु भएको थियो ।

टीन स्टार इण्टरनेशनलमा नेपालकै प्रतिनिधीत्व गर्दै सहभागी हुने रोष्नी ग्लोवल र लक्सी र संजीता चुलाचुली अग्रेजी बोर्डीङ स्कुलमा अध्ययन गरिरहेका छन् । रोष्नीलाई आस्था कलेजले बिबिएस अध्ययनकालागी एक वर्षे अग्रीम छात्राबृद्धि प्रदान गरेको छ । एक लाख ६० हजार बराबरको छात्राबृद्धि दर्लानलाई कलेजले उपलब्ध गराएको कलेजका अधयक्ष बलभद्र कोईरालाले जानकारी दिनुभयो ।

 

यसै गरीलक्सी र संजीतालाई पनि कक्षा ११ कालागी अग्रीम रुपमै ग्लोवल एजुकेशन एकेडेमीले एक वर्षको छात्रबृद्धि प्रदान गरेको छ । दुवैजनालाई एक एक लाख रुपैँयाको छात्राबृद्धि प्रदान गरिएको एकेडेमीका प्रन्सिपल गुणराज अधिकारीले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा