दमक/ झापाको दमक नगरपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक घोषणा गरेको छ । नगरपालिकाको शिक्षा समिती तथा शिक्षा तथा यूवा खेलकुद विकास समितीले विभिन्न मापदण्ड पुरा गरेको आधारमा उत्कृष्ट विद्यालय र उत्कृष्ठ शिक्षक घोषणा गरेको हो ।
नगरपालिकाले आईतबार नव दुर्गा मन्दिरको सभाहलमा एक औपचारीक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यालय तर्फ दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालय र शिक्षक तर्फ दमक १० मा रहेको सिहदेवी माद्यमिक विद्यालयमा कार्यरत धनश्याम अधिकारीलाई सम्मान गरेको छ ।
ढुकुरपानी माविलाई शिक्षा समितीले तयार पारेको उत्कृष्ट विद्यालय तथा शिक्षक प्रोत्साहन मापदण्ड २०८१ अनुसार तयार पारिएको सुचकका आधारमा नगद १ लाख २५ हजार सहित सम्मान गरिएको हो । यस्तै यहि सुचकका आधारमा शिक्षक अधिकारीलाई उत्कृष्ट शिक्षकको रुपमा नगद २५ हजार सहित सम्मान गरिएको हो ।
दमक नगरमा रहेका सामुदायकी विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न यस खाले सम्मान कार्यक्रम मार्फत प्रोत्साहन गरिएको शिक्षा समिती संयोजक कुवेर भट्टराईले बताउनु भयो ।
सामुदायकी विद्यालयको शिक्षा सुधार गर्न त्यहाँको विद्यालयको र कार्यरत शिक्षकलाई प्रोत्साहन आवश्यक रहेको सामाजीक विकास समिती संयोजक शारदा भट्टराई सापकोटाले बताउनु भयो ।
चालु शैक्षिक सत्रमा कक्षा पाँच सम्म निशुल्क र आगामी शैक्षिक सत्रमा कक्षा ८ सम्म निशुल्क गर्दै अघी बढिने र यसको सहि कार्यान्वायन गराउन शिक्षक र सोहि विद्यालयको प्रमुख भूमिका रहने भएकोले यो कार्यक्रमलाई अघी सारीएको नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनु भयो ।
यस्तै नगर भित्रका बुहिरीहरुलाई बढाई प्रोत्साहनकालागी छात्रबृत्ती समेत प्रदान गरिएको छ । तह र कक्षा अनुसार ११ हजार देखी १८ हजार सम्म प्रदान गरिएको थियो । कुला १ लाख ९९ हजार रुपैँया रकम १३ जना बुहारी विद्यार्थीलाई प्रदान गरिएको थियो ।









