दौडेर जीतौ ५० हजार नगद

५० हजार पुरस्कार सहित झापामा दौड प्रतियोगिता हुँदै

दमक/ झापामा दुई बिधामा दौड प्रतियोगिता हुने भएको छ ।पहिलो बिधा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका समेत धावक सहभागी बन्न सक्ने गरिको खुल्ला बिधा र अर्को चाहिँ स्थानीयलाई समेटिएको दोस्रो बिधा रहेको छ ।

मानवहित संरक्षण मंच नेपालले आयोजना गर्न लागेको दौड प्रतियोगिता क्रमशः १० र ५ किलोमीटर दुरीको हुने छ । असार २१ गते देखि हुने दैड प्रतियोगिताको पहिलो बिधाको प्रथम बिन्दु दमक स्थित भाटभटेनी सुपरमार्केट बाट कमलको सहिद गेट सम्म रहने छ ।

दोस्रो बिधामा भाटभटेनी देखि कमलको आदिवासी रंगशाला सम्म रहने छ । दुबै बिधामा महिला र पुरुषकालागी पुरस्कारको प्रबन्ध गरिएको छ । खुल्ला बिधा अन्तरगत महिला र पुरुष दुबै बिजेताके नगद ५० हजार नगद , ट्रफी र प्रमाणपत्र पाउने छन भने स्थानियमा पनि महिला र पुरुषकालागी पुरस्कारको ब्यबस्था गरिएको जनाईएको छ ।

स्थानीय बिधाका बिजेताले नगद १५/१५ हजार नगद ,प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । स्वास्थ्य भातृत्व र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको झापाको दमकमा पत्रकार सम्मेल गरि जानकारी गराईएको छ ।

माओवादी केन्द्र दमक नगर र कमल गाउँ कमिटीको ब्यबस्थापनमा हुने प्रतियोगीताको बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा दमक र कमलमा रहेका माओवादीका केन्द्रीय , प्रदेश , जिल्ला र पालिला स्थरका नेता तथा पार्टिका विभिन्न भातृ संघठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी बन्न कुनै शुल्क तिर्न पर्ने छैन भने सबै सहभागीको बिमा समेत गरिने पत्रकार सम्मेलनमा जनाईएको छ । करिव ५ सयजना धावक यो प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु