रतुवामा स्थाई तटबन्ध निर्माण

दमकको रतुवामा कहाँ कहाँ कसरी पाता कसियो ? स्थानीय भन्छन् ‘ढुक्कले सुत्न पाइएको छ ।’

 

दमक/रतुवा नदिको पश्चिम तर्फ पर्छ दमक बजार । यो नदिमा बर्खामा थेगीनसक्नुको भेल आउँछ । पाहाडबाट आएको बाढि तराई सम्म आईपुग्दा कहाँ कति क्षती गर्छ त्यसको कसैले पनि पूर्वानुमान गरेका हुदैनन । तर यदी रतुवा नदि नथुन्ने हो भने तराई क्षेत्रमा आइपुग्दा खोलाको भेल गाउँ पस्छ । र गाउँ डुबान मात्रै पादैन धेरैको उठीबास लगाँछ । वर्षौ देखीको जोत खन गदैै आएको वा आफ्नो घर खेतनै बगाएर सुकुम्बासी पनि बनाइदिने गर्छ । यसको ज्वलन्त यदहारण झापाकै दमकको उत्तरी क्षेत्रलाई हेरे पुग्छ ।

यहाँ बर्खाको समयमा आउने भेलले सयौको ज्यान लगेको छ । कयौ घर बार बिहिन भएका छन । दमक १ स्थाई घर भएका हरि प्रसाद अधिकारी भन्नु हुन्छ धेरै समय त्राहीमामको जीन्दगी जीएर बसेका थीयौ । अहिले त रतुवा पुरै छेकिएको छ । हामी ढुक्कले सुत्न पाएका छौ ।

दमक नगरपालिका वडा नं १, २ र ७ दमकको उत्तर तर्फको क्षेत्र रतुवा किनार पर्ने क्षेत्र हो । यस मध्ये वडा नं १ र २ को काम सम्पन्न भएको छ । वडा नं ७ तर्फपनि धेरै काम सम्पन्न भइसकेको छ । अव केहि ठाउँमा मात्रै बाँकी छ । वडा नं १ को क्षेत्रमा मात्रै यो २ वर्षको अवधिमा झण्डै अढाई किलोमिटर स्थाई तटबन्ध निर्माण भएको छ ।

सरकारका विभिन्न निकाय र तह मार्फत यहाँ काम भएको छ । एसियाली विकास बैंक, जनताको तटबन्धन, राष्ट्रपति चुरे संरक्षण, सिचाई कार्यालय लगायत निकायबाट यहाँ स्थाई तटबन्ध निर्माणको काम भएको हो । यसकालागी यहाँका जनप्रतिनिधी तातीए । ती निकायसग पहुँच बढाए । र यहाँ यत्तीको तटबन्ध निर्माणको काम सम्पन्न भएको हो । वडा नं १ का वडाध्यक्ष हरि न्यौपाने भन्नु हुन्छ ‘ अव यहाँ वर्षौ देखी पानी पर्ने बित्तिकै वा आकाश गड्याङ गुडुङ गर्ने बित्तिकै रातभरी अनिधो बस्नु पर्ने दिनको अन्त्य भएको छ । ’

आकाशमा कालो बादल मडारीनेब बित्तीकै मनपनि मडारीन्थ्यो । यस क्षेत्रका नागरीकको । यो मुद्धा अहिले देखीको मात्रै नभएर दमक शहर बने देखीकै हो । यो समस्यालाई समाधान गर्न यही क्षेत्रबाट पटक पटक निर्वाचन जित्नु भएका पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख योगदान छ ।

उहाँले यस अघीका निर्वाचनमा रतुवा र मावाको पाता फर्काउने भन्दै दिइएको भाषणको अहिले पनि चर्चा हुन्छ । रतुवा र मावाको अझै पूर्ण रुपमा पाता फर्किनसकेको अर्थात तटबन्ध निर्माणको काम नसिकएपछि यो सम्पन्नताको स्थितीमा चाहि रहेको छ ।

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा