दमकमा नसर्ने रोगको जनचेतना फैलाउन ‘के एच डि सि’ कार्यक्रमसंग सम्झौता, अव के गर्छ दमक नगर?

दमक/

तपाई हाम्रो मृगौलाको स्थिती कस्तो छ ? के हामीले त्यसको नियमती परिक्षण गराएर अवस्थाबारेमा जानकारी लिएका छौ ? के तपाई हामीमा उच्च रक्तचाप छ ? जसका कारण विभिन्न स्वास्थ्य समस्या भोगीरहनु परेको छ ? अनी मधुमेह र मुटुको स्थितीबारेमा परिक्षण गराएर अवस्था अनुसारको सर्तकतामा ध्यान दिन ढिला पो भइरहेको छ कि ?

 

सोच्दा सामान्य लाग्ने यी कुराहरुले हाम्रो स्वास्थ्यमा धेरै ठुलो असर पारीरहेको हुन्छ । हजारौ मुटुको चिरफार गरीसक्नु भएका , कयौ मृगौलाको चेकजाच गरिसक्नु भएका धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत प्रोफेसर डा. सन्जिव शर्माका अनुसार यी रोगको उपचार गर्न धेरै खर्च लाग्ने, नियमीत औषधी सेवन गर्नाले खर्चीलो हुने , यसले आम नागरीकले उपचार गर्नै नपाई, औषधी सेवन गर्नैै नसकेर ज्यान गुमाउनु पर्ने सम्मको अवस्था आइरहेको छ । यसलाई रोकथाम गर्न अव रोग लाग्नै नदिन के गर्न सकिन्छ भन्नेबारेमा गाउँ गाउँमा गएर सचेतना जगाउनकालागी के एच डि सि कार्यक्रम बनाएर अघी बढिएको डा. शर्माले बताउनु भयो ।

 

 

यी रोगहरु दीर्घ रोग हुन । अर्थात लामो समय सम्म उपचार गरिरहनु पर्ने, धेरै प्रकारका औषधी सेवन गरिरहनु पर्ने , यसले धेरै खर्च पनि गराउने र कहिलैपनि निरोगी नराख्ने भएकोले जटिल छ । के एच डि सि जस्तै कार्यक्रम दमक अस्पतालमा पनि छ । त्यो हो पेन प्लस कार्यक्रम । तर त्यो कार्यक्रम अस्पतालमा मात्रै केन्द्रित छ । के एच डि सि कार्यक्रम चाहि टोल टोलमा गएर सचेतना जगाउने भएकोले यसको काम गर्ने शैली फरक छ । यसले मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता लाग्नै नदिन टोल टोललाई जागरुप गराउने भएकोले निकै महत्वपूणर् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सिनियर कन्सलटेन्ट डा. फणेन्द्र बरालले बताउनु भयो ।

 

 

दमकमा रहेका १० वटै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाईटिका स्वंमेसेवक लगायतलाई दमक नगरपालिकाको सभाहलमा के एच डि सि कार्यक्रमका बारेमा प्रशिक्षण गराइएको छ । यसले दमकमा मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र हृदय रोगको स्थिती के छ भन्ने कुराको सवेक्षण गर्ने, अवस्था था पाएपछि अव के गर्ने भन्ने जस्ता कुराको जानकारी मिल्ने भएकोले यो कार्यक्रम दमक नगरपालिकामा पनि सम्झौता गरिएको नगरको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

 

 

 

दमक नगरपालिकाले पछिल्लो समयमा मानव स्वास्थ्यसग सम्बन्धीत रहेर विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाका प्रमुख राम कुमार थापाले बताउनु भयो । निरोगी नगर बनाउने अभियान दमकले चलाएको छ यो अभियान पुरा गर्न के एच डि सि कार्यक्रमले समेत थप मद्धत गर्ने नगर प्रमुख थापाको विस्वास छ ।

 

 

 

के एच डि सि कार्यक्रमले दमक नगरपालिका र यहाँ रहेको रेडक्रससग समेत बेग्ला बेग्लै सम्झौता गरेको छ । तीन वर्ष सम्म यो कार्यक्रम सञ्चालन गर्ने र त्यसपछिको परिणाम र स्थिती हेरेर थप अघी बढिने भन्दै के एच डि सि कार्यक्रमका तर्फबाट डा. शर्मा र नगरपालिकाका तर्फबाट नगर प्रमुख थापा साथै रेडक्रसका तर्फबाट सभापति प्रकाश बुढाथोकीले सो सम्भौता पत्र आदान प्रदान गर्नु भएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म