दमकमा नसर्ने रोगको जनचेतना फैलाउन ‘के एच डि सि’ कार्यक्रमसंग सम्झौता, अव के गर्छ दमक नगर?

दमक/

तपाई हाम्रो मृगौलाको स्थिती कस्तो छ ? के हामीले त्यसको नियमती परिक्षण गराएर अवस्थाबारेमा जानकारी लिएका छौ ? के तपाई हामीमा उच्च रक्तचाप छ ? जसका कारण विभिन्न स्वास्थ्य समस्या भोगीरहनु परेको छ ? अनी मधुमेह र मुटुको स्थितीबारेमा परिक्षण गराएर अवस्था अनुसारको सर्तकतामा ध्यान दिन ढिला पो भइरहेको छ कि ?

 

सोच्दा सामान्य लाग्ने यी कुराहरुले हाम्रो स्वास्थ्यमा धेरै ठुलो असर पारीरहेको हुन्छ । हजारौ मुटुको चिरफार गरीसक्नु भएका , कयौ मृगौलाको चेकजाच गरिसक्नु भएका धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत प्रोफेसर डा. सन्जिव शर्माका अनुसार यी रोगको उपचार गर्न धेरै खर्च लाग्ने, नियमीत औषधी सेवन गर्नाले खर्चीलो हुने , यसले आम नागरीकले उपचार गर्नै नपाई, औषधी सेवन गर्नैै नसकेर ज्यान गुमाउनु पर्ने सम्मको अवस्था आइरहेको छ । यसलाई रोकथाम गर्न अव रोग लाग्नै नदिन के गर्न सकिन्छ भन्नेबारेमा गाउँ गाउँमा गएर सचेतना जगाउनकालागी के एच डि सि कार्यक्रम बनाएर अघी बढिएको डा. शर्माले बताउनु भयो ।

 

 

यी रोगहरु दीर्घ रोग हुन । अर्थात लामो समय सम्म उपचार गरिरहनु पर्ने, धेरै प्रकारका औषधी सेवन गरिरहनु पर्ने , यसले धेरै खर्च पनि गराउने र कहिलैपनि निरोगी नराख्ने भएकोले जटिल छ । के एच डि सि जस्तै कार्यक्रम दमक अस्पतालमा पनि छ । त्यो हो पेन प्लस कार्यक्रम । तर त्यो कार्यक्रम अस्पतालमा मात्रै केन्द्रित छ । के एच डि सि कार्यक्रम चाहि टोल टोलमा गएर सचेतना जगाउने भएकोले यसको काम गर्ने शैली फरक छ । यसले मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता लाग्नै नदिन टोल टोललाई जागरुप गराउने भएकोले निकै महत्वपूणर् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सिनियर कन्सलटेन्ट डा. फणेन्द्र बरालले बताउनु भयो ।

 

 

दमकमा रहेका १० वटै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाईटिका स्वंमेसेवक लगायतलाई दमक नगरपालिकाको सभाहलमा के एच डि सि कार्यक्रमका बारेमा प्रशिक्षण गराइएको छ । यसले दमकमा मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र हृदय रोगको स्थिती के छ भन्ने कुराको सवेक्षण गर्ने, अवस्था था पाएपछि अव के गर्ने भन्ने जस्ता कुराको जानकारी मिल्ने भएकोले यो कार्यक्रम दमक नगरपालिकामा पनि सम्झौता गरिएको नगरको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

 

 

 

दमक नगरपालिकाले पछिल्लो समयमा मानव स्वास्थ्यसग सम्बन्धीत रहेर विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाका प्रमुख राम कुमार थापाले बताउनु भयो । निरोगी नगर बनाउने अभियान दमकले चलाएको छ यो अभियान पुरा गर्न के एच डि सि कार्यक्रमले समेत थप मद्धत गर्ने नगर प्रमुख थापाको विस्वास छ ।

 

 

 

के एच डि सि कार्यक्रमले दमक नगरपालिका र यहाँ रहेको रेडक्रससग समेत बेग्ला बेग्लै सम्झौता गरेको छ । तीन वर्ष सम्म यो कार्यक्रम सञ्चालन गर्ने र त्यसपछिको परिणाम र स्थिती हेरेर थप अघी बढिने भन्दै के एच डि सि कार्यक्रमका तर्फबाट डा. शर्मा र नगरपालिकाका तर्फबाट नगर प्रमुख थापा साथै रेडक्रसका तर्फबाट सभापति प्रकाश बुढाथोकीले सो सम्भौता पत्र आदान प्रदान गर्नु भएको थियो ।

 

 

Share: