दमकमा सात वटा लायन्यको इन्डक्सन र इन्स्टलेसन् कार्यक्रम

दमक, ८ साउन ÷ दमकमा नेतृत्व, व्यक्तित्व विकास एवम् समाजसेवाको क्षेत्रमा सक्रिय लायन्य र लियो मातहतका सातवटा संस्थाले मंगलबार संयुक्त कार्यक्रम गरी इन्डक्सन र इन्स्टलेसन् कार्यक्रम सम्पन्न गरेका छन् ।

 

लायन्स क्लब अफ दमक स्वीट सिटी, लायन्स क्लब अफ सेन्ट्रल, लायन्स क्लब अफ हेल्पिङ हर्टस्, लायन्स क्लब अफ बिग बुद्ध, लायन्स क्लब अफ सर्भिङ हर्टस् तथा लियो क्लब अफ दमक स्वीट सिटी र लियो क्लब अफ दमक बिग बुद्धको प्रेरणा सहितको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । जहाँ वर्ष २०२४ र २०२५ का लागि नयाँ समिति चयन भइ पदस्थापन भएको छ ।

 

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर विकास अधिकारीले दमकमा लायन्य र लियोले प्रभावकारी काम गरेको बताउँदै नयाँ आउने समितिको पनि सक्रियताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सम्पूर्णलाई पदस्थापन गराउनु भयो ।

 

दमकमा लायन्य र लियोका गतिविधिले व्यक्तित्व र नेतृत्व विकाससँगै समाजसेवाका प्रभावकारी काम भएको लायन्स क्लब अफ बिग बुद्धका नवनिर्वाचित अध्यक्ष आनन्द थापाले अनुभूति प्रस्तुत गर्नुभयो । उहाँले गएको वर्ष ८५ वटा कार्यक्रम गरेर बिग बुद्धले लायन्सको प्रभाव झल्काएको बताउँदै आफ्नो कार्यकालमा पनि सवैको सहकार्यमा अघि बढ्ने जनाउनु भयो ।

 

दमकमा २ दर्जनको संख्यामा रहेका लायन्स र लियोका क्लबहरुले व्यक्तित्व र नेतृत्व विकाससँगै समाजसेवाको क्षेत्रमा समन्वयतात्मक रुपले अझ सक्रियता जनाउँदै जान सके यी क्लब आउने पुस्ताका लागि सृजनशीलताको आधारशीला बन्ने देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा