वातावरण संरक्षणको प्रयास

दमक नगरले फोहोरमैला व्यवस्थापनको उपाय खोज्दै

 

दमक, १२ साउन /दमक नगरपालिका कार्यालयले सधैंको टाउको दुखाईको विषय बनिरहेको फोहोरमैला व्यवस्थापनको दिगो उपाय खोज्न सरोकारवालासँग शुक्रबार छलफल गरेको छ ।

नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा सम्पन्न वातावरण तथा फोहोरमैला सम्बन्धी विशेष छलफल कार्यक्रममा विभिन्न दल तथा संघ संस्थाका प्रतिनिधिले सुझाव राखेका छन् ।

यसक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं ( गोपाल) ले नगरमा कानुन बनाएर पनि कार्यान्वयनमा जान नसकिरहेकाले फोहोरमैलाको व्यवस्थापनमा कठिनाई भइरहेको जनाउनु भयो ।

 

कार्यक्रममा रुबल अधिकारीले सडक किनारामा विरुवा रोप्ने भन्ने विषय स्पष्ट नभएको ज्ञिजासा राख्नु भयो ।

सो अवसरमा सामाजिक अगुवा काँशी खाती, हेम सुवेदी र सुरेन्द्र प्रधानले पनि फोहोर व्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुभयो ।

दमक नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिका प्रवन्धक विमल खतिवडाले वर्षाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रत्येक नागरिकले फोहोर व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले फोहोर सहित वडाको समग्र व्यवस्थापनका लागि कडाईका साथ पालना गर्नुपर्ने नियम बारेमा जानकारी गराउनु भयो ।

 

 

सो कार्यक्रममा उठेका प्रश्न र सुझावको जवाफ दिनेक्रममा बोल्दै नगर प्रमुख राम कुमार थापाले सबैको सहकार्यमा फोहोर व्यवस्थापन गरी वातावरण संरक्षणमा अघि बढ्न सकिने धारणा राख्नुभयो ।

 

कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले पनि फोहोरलाई छुट्याएर राखिदिने गर्नाले फोहोरको व्यवस्थापनमा सहजता हुने बताउँदै मन्तव्य व्यक्त गर्नुभयो ।

फोहोरको उचित व्यवस्थापन गरी नगरलाई स्वच्छ बनाउने कुरामा स्वयम् नगरवासी समेत सक्रिय र सचेत रहँदै नगरपालिकालाई घच्घच्याउनु आवश्यक देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा