दमकमा बढ्दैछ विकासको क्रम

दमकको समृद्धिमा सार्थकता दिने यी १७ योजना

दमक, १७ साउन / दमकमा काम भएकै छैनन् ? हुनै सकेनन् त ? अहिले धेरैको मनमा यही प्रश्न खेलिरहेको छ । दमक अव विकासमा पछि पो पर्छ कि भन्ने धेरैलाई चासो र चिन्ता हुन सक्छ ।

तर यहाँ हुदै नभएको भने चाँही हुँदै होइन । दमक बनिरहेको छ । दमकले विकासमा फड्को मारिनै रहेको छ । केही योजनाले पूणर्ता पाएका छन् भने केही अझै बन्ने चरणमा छन् । अनि केही चाहिँ योजना बाटो पहिल्याउने क्रममा पाइपलाइनमा छन् ।

 

आजको यो भिडियोमा हामी दमक कस्तो बन्दै छ ? अहिले कस्तो छ दमक भन्नेबारेमा जानकारी दिदैछौं । हामीले दमकमा भइरहेका ठूला र दीर्घकालीन प्रभाव पार्ने केही योजनाहरुको निरीक्षण गरेका छौं । त्यसको पछिल्लो स्थितीलाई भिडियोमा कैद गरेका छौ । अर्थात १७ वटा मुख्य योजनाको चर्चा गर्दैछौं ः

 

१) दमक बिजनेस टावर
भ्यूटावर सहितको दमक बिजनेस टावर निर्माण सम्पन्न । हस्तान्तरणको अन्तिम तयारी । जुन बन्ने छ पूर्वकै प्रमुख आर्थिक सम्बृद्धिको अग्लो स्थल ।

 

२) दमक सभाहल
दमक सभाहल, बनिसक्यो बाहिरी संरचना, धमाधम हुदै छ इन्टेरियर डेकोरको काम, जसले बढाउने छ प्रदेशमै नाम ।

 

३) फोहोर प्रशोधन केन्द्र

फोहोरले दिन थाल्यो मोहोर, उत्पादन हँुदैछ ग्यास र प्राङ्गारिक मल, सफा र स्वच्छ नगर बन्ने छ दमक सहर ।

 

४) रतुवा र मावामा पक्की पुलहरु
बनिरहेका छन् रतुवा र मावामा पक्की पुलहरु, कृषि उपज बजार पुग्न सहज बनेर फुट्दैछन् किसानका समृद्धिका मुलहरु ।

५) दमक अस्तपताल
दर्जनौं विशेषज्ञको संलग्नतामा झापामै अत्याधुनिक सरकारी अस्पताल, जो कोभिड जस्ता महामारीबाट बचाउन भयो सफल ।

 

६) नमुना बजार
रातमा पनि चम्किरहेको बजारको चमक, प्रदेशकै नमुना बन्यो नमुना बजार दमक, थानारोडको पनि कम छैन रौनक ।

 

७) व्यवस्थित र फराकिला सडकहरु
नेपालकै उत्कृष्ट सडक सञ्जाल, व्यवस्थित छन् फूटपाथ, लगाइएको छ रेलिङ, व्यवस्थित सडकले चम्किरहेको दमक ।

 

८) बाल अस्पताल
प्रदेशकै ठूलो बाल अस्पताल, अघिल्लै नेतृत्वको पहलमा बन्यो किओच अस्पताल, बालबालिकाका सबै खाले रोगको निदान अव एकै ठाउँबाट हुँदा सबैलाई सहज ।

 

९) दमक १० को इन्द्रेणी ताल
दमक १० को इन्द्रेणी ताल, पर्यापर्यटनको रमणीय स्थल, पर्यटन प्रवद्र्धृनमा भइरहेको छ सुधार र बन्दैछ पूर्वाधार ।

 

१०) नगरपालिकाको प्रशासनिक नयाँ भवन
दमक नगरपालिकाको प्रशासनिक नयाँ भवन, बढाएको छ देशमै शान, जहाँबाट हुन्छ व्यवस्थित र सहजढंगले प्रशासनिक काम ।

 

११) रतुवा र मावामा तटबन्ध
रतुवा र मावामा बाँधिरहेका छन् बाँधहरु, वर्खामा बाढीबाट जोगिन स्थानीयलाई राहत, उब्जाउ भूमिको संरक्षणले बन्नेछन् स्वदेशमै युवाहरु स्वरोजगार ।

 

१२) अर्गानिक कृषि बजार
दमकमा बन्यो नेपालकै नमूना अर्गानिक कृषि बजार, जहाँ हुनेछ विषादीको परिक्षण, किसानलाई राहत, उपभोक्ताको स्वास्थ्यमा सुधार ।

 

१३) दमक इण्डस्ट्रियल पार्क
बन्दैछ दमक इण्डस्ट्रियल पार्क, जहाँबाट बढ्ने छ लाखौं जनामा रोजगार, आर्थिक र समृद्धिको बन्ने छ पहिलो आधार ।

 

१४) दमक क्याम्पसको नयाँ भवन
बनिरहेको छ दमक क्याम्पसको नयाँ भवन, विद्यार्थीको सिकाईमा थप आधुनिक र प्रयोगात्मक पक्षमा ध्यान ।

 

१५) मदन भण्डारी राजमार्ग
दमकको उत्तरी क्षेत्रमा बढ्ने छ सहजताको आधार, किनकी यहाँ जोडिएको छ मदन भण्डारी राजमार्ग, जसले बढाउने छ ब्यापारिक कारोबार ।

 

१६) दमक बसपार्क
व्यवस्थित छ दमकको बसपार्क, सुविधासम्पन्न भवन सहित प्रतिक्षालयमै छ पुस्तकालय अनि विकास र चेतनाको पूर्वाधार ।

 

१७) दमक सपिङ कम्प्लेक्स
रोकिएको दमक सपिङ कम्प्लेक्सको पाटो, अदालतको फैसलापछि अब खुल्यो निर्माणको बाटो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा