दमक, १७ साउन / दमकमा काम भएकै छैनन् ? हुनै सकेनन् त ? अहिले धेरैको मनमा यही प्रश्न खेलिरहेको छ । दमक अव विकासमा पछि पो पर्छ कि भन्ने धेरैलाई चासो र चिन्ता हुन सक्छ ।
तर यहाँ हुदै नभएको भने चाँही हुँदै होइन । दमक बनिरहेको छ । दमकले विकासमा फड्को मारिनै रहेको छ । केही योजनाले पूणर्ता पाएका छन् भने केही अझै बन्ने चरणमा छन् । अनि केही चाहिँ योजना बाटो पहिल्याउने क्रममा पाइपलाइनमा छन् ।
आजको यो भिडियोमा हामी दमक कस्तो बन्दै छ ? अहिले कस्तो छ दमक भन्नेबारेमा जानकारी दिदैछौं । हामीले दमकमा भइरहेका ठूला र दीर्घकालीन प्रभाव पार्ने केही योजनाहरुको निरीक्षण गरेका छौं । त्यसको पछिल्लो स्थितीलाई भिडियोमा कैद गरेका छौ । अर्थात १७ वटा मुख्य योजनाको चर्चा गर्दैछौं ः
१) दमक बिजनेस टावर
भ्यूटावर सहितको दमक बिजनेस टावर निर्माण सम्पन्न । हस्तान्तरणको अन्तिम तयारी । जुन बन्ने छ पूर्वकै प्रमुख आर्थिक सम्बृद्धिको अग्लो स्थल ।
२) दमक सभाहल
दमक सभाहल, बनिसक्यो बाहिरी संरचना, धमाधम हुदै छ इन्टेरियर डेकोरको काम, जसले बढाउने छ प्रदेशमै नाम ।
३) फोहोर प्रशोधन केन्द्र
फोहोरले दिन थाल्यो मोहोर, उत्पादन हँुदैछ ग्यास र प्राङ्गारिक मल, सफा र स्वच्छ नगर बन्ने छ दमक सहर ।
४) रतुवा र मावामा पक्की पुलहरु
बनिरहेका छन् रतुवा र मावामा पक्की पुलहरु, कृषि उपज बजार पुग्न सहज बनेर फुट्दैछन् किसानका समृद्धिका मुलहरु ।
५) दमक अस्तपताल
दर्जनौं विशेषज्ञको संलग्नतामा झापामै अत्याधुनिक सरकारी अस्पताल, जो कोभिड जस्ता महामारीबाट बचाउन भयो सफल ।
६) नमुना बजार
रातमा पनि चम्किरहेको बजारको चमक, प्रदेशकै नमुना बन्यो नमुना बजार दमक, थानारोडको पनि कम छैन रौनक ।
७) व्यवस्थित र फराकिला सडकहरु
नेपालकै उत्कृष्ट सडक सञ्जाल, व्यवस्थित छन् फूटपाथ, लगाइएको छ रेलिङ, व्यवस्थित सडकले चम्किरहेको दमक ।
८) बाल अस्पताल
प्रदेशकै ठूलो बाल अस्पताल, अघिल्लै नेतृत्वको पहलमा बन्यो किओच अस्पताल, बालबालिकाका सबै खाले रोगको निदान अव एकै ठाउँबाट हुँदा सबैलाई सहज ।
९) दमक १० को इन्द्रेणी ताल
दमक १० को इन्द्रेणी ताल, पर्यापर्यटनको रमणीय स्थल, पर्यटन प्रवद्र्धृनमा भइरहेको छ सुधार र बन्दैछ पूर्वाधार ।
१०) नगरपालिकाको प्रशासनिक नयाँ भवन
दमक नगरपालिकाको प्रशासनिक नयाँ भवन, बढाएको छ देशमै शान, जहाँबाट हुन्छ व्यवस्थित र सहजढंगले प्रशासनिक काम ।
११) रतुवा र मावामा तटबन्ध
रतुवा र मावामा बाँधिरहेका छन् बाँधहरु, वर्खामा बाढीबाट जोगिन स्थानीयलाई राहत, उब्जाउ भूमिको संरक्षणले बन्नेछन् स्वदेशमै युवाहरु स्वरोजगार ।
१२) अर्गानिक कृषि बजार
दमकमा बन्यो नेपालकै नमूना अर्गानिक कृषि बजार, जहाँ हुनेछ विषादीको परिक्षण, किसानलाई राहत, उपभोक्ताको स्वास्थ्यमा सुधार ।
१३) दमक इण्डस्ट्रियल पार्क
बन्दैछ दमक इण्डस्ट्रियल पार्क, जहाँबाट बढ्ने छ लाखौं जनामा रोजगार, आर्थिक र समृद्धिको बन्ने छ पहिलो आधार ।
१४) दमक क्याम्पसको नयाँ भवन
बनिरहेको छ दमक क्याम्पसको नयाँ भवन, विद्यार्थीको सिकाईमा थप आधुनिक र प्रयोगात्मक पक्षमा ध्यान ।
१५) मदन भण्डारी राजमार्ग
दमकको उत्तरी क्षेत्रमा बढ्ने छ सहजताको आधार, किनकी यहाँ जोडिएको छ मदन भण्डारी राजमार्ग, जसले बढाउने छ ब्यापारिक कारोबार ।
१६) दमक बसपार्क
व्यवस्थित छ दमकको बसपार्क, सुविधासम्पन्न भवन सहित प्रतिक्षालयमै छ पुस्तकालय अनि विकास र चेतनाको पूर्वाधार ।
१७) दमक सपिङ कम्प्लेक्स
रोकिएको दमक सपिङ कम्प्लेक्सको पाटो, अदालतको फैसलापछि अब खुल्यो निर्माणको बाटो ।